राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीमा भरत क्षेत्री

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीमा भरत क्षेत्री

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपरासीको छैठौं अधिवेशनले भरत थापालाई अध्यक्षमा चयन गरेको छ । कावासोतीको खानेपानी सभाहलमा भएको अधिवेशनको बन्द सत्रले क्षेत्रीको अध्यक्षतामा २१  सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको हो । 
 
समितिको उपाध्यक्षमा महेन्द्र रेग्मी, सचिवमा ईन्द्र फाल मगर, सह सचिवमा उमा गिरी, सह कोषाध्यक्षमा तिर्थ सापकोटा, कोषाध्यक्षमा दुर्गा सापकोटा, लगाएत अन्य सदस्य रहेका छन् । ४ जना पछि मनोनित गरिनेछ निर्वाचन समितिले जनाएको छ । 
 
शनिबार अबेर सम्पन्न अधिवेशनले कार्य समिति चयन गरेपछि प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बद्री पंगेनीले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । प्रतिष्ठानका जिल्ला शाखामा २ सय आजिवन १ हजार साधरण सदस्य रहेका छन् ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत