नवलपरासीको गैरव हरि लम्साल-सङ्गीतका लागि जब साइकल बेचेर भागेँ

थारुसँग प्रेम र बिहे गर्नु मेरो जिन्दगीको विद्रोहः हरि लम्साल

706
नवलपरासीको गैरव हरि लम्साल-सङ्गीतका लागि जब साइकल बेचेर भागेँ

साउन ३२
हरि लम्साल सानो छँदा नाच्न मरिहत्ते गर्थे। उनी कक्षा ४ मा पढ्दै गर्दा जिल्ला स्तरीय नृत्य प्रतियोगिताका लागि स्कुलमा छनौट कार्यक्रम भयो। उत्साहित भएर भाग लिए, तर छानिएनन् । बालखै थिए, कलिलो मन, मिसकै सामु रोइदिए।
 
मिसलाई हरिको गायन क्षमताको राम्रै छनक थियो। उनले रोइरहेका हरिलाई फकाइन्। नृत्यको साटो गायनमा भाग लिन लगाइन्। गायनमा छानिए पछि उनको ध्यान नाचभन्दा गानमै केन्द्रित हुँदै गयो। स्कुल र गाउँघरका साङ्गीतिक धेरै कार्यक्रममा उनको स्वर गुञ्जिन थाल्यो।
 
हरिमा सङ्गीत सिक्न काठमाडौं जाने लालसा थियो। कल्पनामा काठमाडौं पुग्ने हरिको स्कुले जीवन कैलालीमै बित्यो। एसएलसीपछि औपचारिक रूपमै सङ्गीत पढ्ने सपना थियो तर घरभित्रको परिस्थितिले साथ दिएन।
 
जागिरे दाइ लुम्बिनीमा थिए। घरमा रोगी बुबा, वृद्ध आमा र दिदी मात्रै। त्यतिखेरको मनोदशा सम्झँदै भन्छन्, ‘भागूँ भागूँ लाग्थ्यो, तर आँटै नपुग्ने।’ मन–मुख अँध्यारो पार्दै गाउँकै कुमारवती क्याम्पसमा कमर्स पढ्नु पर्यो उनले।
 
सङ्गीतमा रमाउने उनी कमर्स पढिरहरन कहाँ सक्थे ररु घर र कैलालीको विकल्प भनेकै काठमाडौं थियो। जान त जाने तर कसरीरु उपाय सोच्दा–सोच्दा उनको कलिलो दिमाग थाकिसकेको थियो।
 
एकदिन अचानक मध्यरातमा ब्युझिए। दाइले चौबीस सय हालेर किन्दिएको एटलस याद आयो। साइकल नयाँ थियो। सत्र सय दाममा त्यही साइकल बेचेर उनी काठमाडौं छिरे। भन्छन्, धेरै दिनसम्म बदमासी गरेर काठमाडौं आएको पीडाबोध भइरह्यो। तर अचेल उनलाई लाग्छ, ‘ठिकै गरेछु। त्यो चोरी नभएर विद्रोह पो रहेछ। आफ्नो गन्तव्य आफैं रोज्ने विद्रोह।’
 
२०५६ मा पहिलो पटक उनले काठमाडौं टेके। ‘आउन त आएँ तर जाने कहाँ, बस्ने कहाँ, अनि खाने केरु’ काठमाडौं टेक्दानटेक्दै उनको मनमा प्रश्नका ताँती लागे। उत्तरको अत्तोपत्तो थिएन। गाउँ छँदा पत्रिकामा ‘सङ्गीत पढ्ने विद्यार्थी चाहियो’ भन्ने विज्ञापन देखेका थिए। त्यहीँबाट फोन नम्बर पनि उतारेका उनी काठमाडौं टेकेकै दिन बागबजारको सरगम कला केन्द्र पुगेर भर्ना भइहाले। आखिर सङ्गीतले नै उनलाई काठमाडौँ तानेको जो थियो।
 
 
 
काठमाडौंमा उनी विरानो थिए। बसपार्क उनको पहिलो परिचित ठाउँ बन्यो। साइकल बेचेर भरेको खल्ती रित्तिदै थियो। शहरमा सजिलै काम पाइएला भन्ने भ्रम टुट्न बेर लागेन। पैसा बचाउन होटलको खाना भन्दा चाउचाउ र चिउरा खानुमा भलाइ देखे। कहिलेकाहीँ त भोकै पेट बसपार्क मैदानको दूरी पनि नापी हेरे। ‘यतै बसौं त रित्तो खल्ती, गाउँ फर्कौं त बेइज्जती’ घरबाट भागेको केही दिनमै यस्तो हालमा पुगे उनी।
 
यस्तै दुविधामा परेका बेला बसपार्कमा उनले कैलालीकै बासुदेव मैनालीलाई भेटे। आपूmजस्तै मैलो–मैलो कपडा लगाएको, हेर्दै गाउँले हुलिया देख्दा राहत मिल्यो। वासुदेव पनि राम्रो गाउँदा रहेछन्। दोस्ती गाँसियो।
 
वासुदेवले नै हरिलाई आफ्नी मितिनी दिदीको जोरपाटीस्थित गलैंचा फ्याक्ट्री पुर्याए। हरिको तीन दिन तीन रात त्यतै बित्यो। सरगमकै विद्यार्थी साथी राजेश विकले पनि हरिलाई केही दिन बास दिए।
 
कहिले मितिनी दिदी त कहिले नयाँ साथीकोमा बसेर उनको गुजारा जेनतेन चल्दै गर्दा, उता घरबाट व्यापक खोजी शुरु भइरहेको रहेछ। काठमाडौको पानीपोखरी बस्ने भिनाजु मार्फत् दाइले उनलाई भेट्टाइ छाडे। ‘गाली खाने डर पालेर बसेको थिए तर दाइले केही नभनी बसोबासको चाँजोपाँजो मिलाइँदिदा छक्क परे।’ उनले सम्झे। त्यसपछि सङ्गीत सिक्न उनले कहिल्यै चोरबाटो हिड्नु परेन। त्यपछि त विरानो काठमाडौँ पनि आफ्नै लाग्यो उनलाई। 
गुरु चण्डीप्रसाद काफ्ले हरिकै गाउँका थिए। काफ्लेकै प्रोत्साहनमा उनी गान्धर्व सङ्गीत महाविद्यालयमा भर्ना भए। त्यहाँ हरिले गुरु चन्दनकुमार श्रेष्ठ ५ वर्ष गायन कक्षा लिए।
 
उनले एकै दिन सत्र घण्टासम्म सङ्गीत अभ्यास गरेको यसैबेला हो। एक दिन त ‘सा’ मात्रै ४ घण्टासम्म गाए रे १ त्यसबेलाको अनुभूति यसरी उतार्छन्, ‘मलाई पहिलो पटक सङ्गीतको आध्यात्मिक पक्षको आभास भयो।’ त्यति धेरै अभ्यास गर्दा उनको स्वर नै फाटेछ । अमिलो, पिरो र चिल्लो बार्दाबार्दै शरीर कमजोर बनेपछि उनले अभ्यास समय घटाउनु पर्यो।
 
जति धेरै अभ्यास गरे पनि सङ्गीत सिक्ने भोक बाँकी थियो। यही तृष्णा मेट्न साथीहरूसँगै हरि २०६१ मा पुना गए। उनले पुनामा ३ वर्षसम्म औपचारिक सङ्गीत त सिके नै, सांस्कृतिक माहोलको महत्व पनि बुझे। ‘पुनाको विविधतापूर्ण सांस्कृतिक माहोलले निकै उर्जा दिन्थ्यो।’ नोस्टाल्जिक बन्दै सुनाए। 
हरिको मूल्याङ्कनमा औपचारिक शिक्षामा काठमाडौं पुना भन्दा खासै कमजोर छैन। तर नेपालमा हुने अधिकांश साङ्गीतिक कार्यक्रम एउटै ढर्रामा चल्ने भएकाले विविधता र स्तरमा ध्यान दिनुपर्ने आवश्यकता छ। पुना छँदा साङ्गीतिक प्रस्तुति हेरेर पनि नयाँ शैली र प्रयोगका टिप्स पाएको उनको अनुभव छ।
 
सङ्गीतमा लाग्न हरिले विद्रोह गरे। यो चोरबाटोबाट गरिएको ‘सफ्ट’ विद्रोह थियोे। तर विवाह गर्ने बेला उनले ‘हार्ड’ विद्रोह पनि गर्नु पर्यो । उनी पढ्ने स्कुलमै पढ्थिन रेखा बुरौली। सधैं जुध्ने आँखाले दुबैलाई मनै जोडिने गरी तान्यो। हरि काठमाडौं गए, पुना पुगे, तर मन कैलालीमै थियो। चिठी र फोनले जोडिराखेकोले रेखाले पनि हरिलाई दूरीमै पनि नजिक ठानेर चित्त बुझाएकी थिइन्।
 
हरि रेखासँगै बिहे गर्न चाहन्थे। घरजम गर्न पनि सङ्गीत क्षेत्रमा केही गरेरै देखाउनु थियो। २०५८ मा उनले पहिलो पटक तीर्थराज वास्ताकोटीको शब्दमा ‘जानी नजानी’ गाए। तर उनलाई आफ्नो स्वर जँचेन र गायक बन्ने मोह त्यागे।
 
त्यसबेला सुरेश अधिकारीका ‘फ्यान’ हरिले पहिलो गीत उनैलाई गाउन दिए। पुनाबाट फर्केपछि हरिले फेरि सुरेशसँगै संयुक्त एल्बम ‘आप्mनो मन’ निकाले। त्यो नेपाली तारा र इन्डियन आइडलका भारतीय कलाकारहरू समेटिएको विशेष एल्बम थियो। शुरेशको सङ्गीतमा ‘आफ्नो मन आफैसँग’ र हरिको सङ्गीतमा रहेको ‘नजाऊ टाढा’ हिट भयो।
 
हरि सङ्गीत क्षेत्रमा सङ्घर्षरत छँदा, उता रेखालाई माग्न केटाहरू गए। हरि र रेखाको मन मिले पनि जात मिल्दैनथ्यो। हरि बाहुन, रेखा थारु। दुबैको परिवार अन्तरजातीय प्रेमको पक्षमा थिएन। तैपनि अभिभावकसामु अन्तिम आग्रह गरे। जवाफ ‘अहँ’ नै आयो। 
भागरे बिहे गर्नुको विकल्प थिएन। रेखा उच्चशिक्षा अध्ययनका लागि काठमाडौं आइसकेकी थिइन्। दुई जना साथी साक्षी राखी भद्रकाली मन्दिरमा बिहे भयो। जातभातको पछि लाग्ने दुबैको परिवार ट्वा पर्यो।
 
मिति सम्झने मामिलामा लद्दु छन् हरि। बिहे गरेको साल सम्झन पनि उनले छोरीको उमेरको सहारा लिँदै भने, ‘२०६४ साल नै हुनुपर्छ।’ दश वर्ष बित्न लाग्यो, हरिकी आमाले बुहारीलाई स्वीकारी पनि सकिन्। तर बुहारीले सासुआमालाई भात पकाएर खुवाउने अनुमति पाइसकेकी छैनिन्।
 
अहिलेका व्यस्त सङ्गीतकार हरिको करिअरले ‘पानीको फोका जस्तै’ गीत चर्चित भएपछि तीव्र गति समातेको हो। आस्था बीको ‘तिमीसँग हुँदैन प्यार’, आनन्द कार्कीको ‘जे जे हुने हो यहाँ’ लगायत उनका धेरै गीत चले। उनको कोठाभरी चल्तीका सबैजसो अवार्डका टोकन भेटिन्छन्। चल्तीका नयाँ पुराना कलाकारले उनको सङ्गीतमा गाइसकेका छन्। आफ्नै स्वरमा एल्बम नै पनि निकालिसके। गजल र भजनमा पनि धुन भरिसके। सुगम सङ्गीतबाहेक फिल्मको सङ्गीतमा पनि हरिको माग बढिरहेको छ। तर उनी फत्तेमानसँग एकल एल्बम ‘अपूरो मन’ गर्न पाउनु आफ्नो जीवनको सबैभन्दा सुखद अनुभव मान्छन्।
 
आफ्नो एकल सङ्गीतमा २० भन्दा बढी एल्बम निकालेर एक दशकमा सङ्गीतको लामो गोरेटो हिँडिसक्दा पनि हरि सन्तुष्ट छैनन्। हालको सङ्गीत उद्योग विदेश गएर धन आर्जन गर्ने नेपालीको रहर र सहयोगले मात्र धानिएकोले कलाकाको असुरक्षित भविष्यप्रति उनी चिन्तित छन्। उनी गुनासो पोख्छन्, ‘यसै किसिमले काम गर्नु भनेको जीवन जिउनेसम्मको कर्म मात्र हो।’ राम्रो सिर्जना तयार पार्न यस्तो काम चलाउ शैलीको अन्त्य हुनै पर्ने उनको जोड छ।
 
अहिले हरेक दिन औसतमा २ सय जति गीत रेकर्डिङ्ग भइरहेका छन्, दर्जनौं भिडियो पनि बनिरहेका छन्। स्टुडियोमा कामको खाँचो छैन। विज्ञापनमा पनि लाखौं खर्च हुन्छ। सङ्गीतमा हुने वार्षिक खर्च अरबमा पुग्छ। तर सरकारले यसलाई उद्योगका रूपमा आत्मसात नगर्दा डामाडोल छ। ‘सरकारले जहाँ जहाँ गीत बज्छ, त्यहाँबाट रोयल्टी उठ्ने वातावरण बन्यो भने मात्र पनि ठूलो राहत हुन्थ्यो।’ समस्याको उपाय सुझाउँछन्।
 
स्रोत नेपाल खबर डटकमबाट 

SHARE

COMMENTS

यसमा तपाइको मत