नेपाल साँस्कृतिक संघको क्षेत्रिय अध्यक्षमा घिमिरे

419
नेपाल साँस्कृतिक संघको क्षेत्रिय अध्यक्षमा घिमिरे

पूजा चापागाई भदौं १७
नेपाल साँस्कृतिक संघ नवलपरासी क्षेत्र नम्बर २ को अध्यक्षमा ठाकुर प्रसाद घिमिरे चयन भएका छन् । कावासोतीको देवचुली टेलिभिजनको सभाहलमा भएको प्रथम क्षेत्रिय अधिवेशनबाट घिमिरेको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको चयन गरिएको हो ।
 
समितिको उपाध्यक्षमा पदम कानुङ् मगर, सचिवमा तुलसादेवी अधिकारी, सहसचिवमा झविलाल बस्ताकोटी, कोषाध्यक्षमा देवी सोति लगाएत ४ जना सदस्य रहेका छन् । कार्यक्रमको उद्घाटन सत्रको समुद्घाटन संघका जिल्ला सभापति गंगा बहादुर पाण्डेले गरेका थिए ।
 
संघका निवर्तमान अध्यक्ष इन्द्रफाल मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका क्षत्रिय सभापति दुर्गा बहादुर राना, संघका क्षत्रिय प्रतिनिधि डण्डापानी गैह्र, काँगे्रसका नगर सचिव श्याम बस्ताकाटी, भुवन आले, लाल प्रसाद पुन, लगाएतको उपस्थिति रहेको थियो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत