मिस देवचुली, देवचुली डान्सिङ्ग स्टारको अडिसन सुरु

640
मिस देवचुली, देवचुली डान्सिङ्ग स्टारको अडिसन सुरु

नवलपरासी, २०७३, असोज २० । 
मध्ये नेपालको पहिलो टेलिभिजन देवचुली टेलिभिजनले आयोजना गर्न लागेको देवचुली महोत्सवको तयारीले तिव्रता पाएको छ । महोत्सवको अवसरमा आयोजना हुने देवचुली डान्सिङ स्टार र मिस देवचुलीको  अडिसन शुरु भएको छ । बिहिबारदेखि अडिसन शुरु गरिएको देवचुली टेलिभिजनका अध्यक्ष केवी रानाले जानकारी दिनुभयो । 
 
पटक पटक विभिन्न स्थानमा अडिसन गर्ने तयारी रहेको भन्र्दै तत्काल सम्पर्क गरी प्रतियोगितामा सहभागि हुन आयोजकले आग्रह गरेको छ । देवचुली टेलिभिजनको सभाहलमा भएको अडिसनमा विभिन्न स्थानबाट आएका ईच्छुक व्याक्तिहरुले भाग लिएका थिए । लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको हो । 

SHARE

COMMENTS

यसमा तपाइको मत