रामजी खाड डाडाँजोर मेला पुगेपछि छिनभरमै बदलिएको परिवेस(फोटो फिचर)

खाँडलाई हेर्न दर्शकहरुको मेला अबधिमा सबै भन्दा भीड

689
रामजी खाड डाडाँजोर मेला पुगेपछि छिनभरमै बदलिएको परिवेस(फोटो फिचर)

अर्जुन सापकोटा, २०७३, असोज ३० । 
नेपालमा नाम चलेका गायक हुन रामजी खाँड । उनको गायन शैलीको कारण स्टेज कार्यक्रममा रुचाईन्छन् दर्शकहरुबाट । जस्ले गर्दा उनलाई अहिले स्टेज कार्यक्रममा पुग्न भ्याई नभ्याई रहेको छ । शनिवार नवलपरासीको दुम्किबासमा आयोजित डाडाँजोर मेलामा सहभागि बनेर यस क्षेत्रका दर्शनकहरुको मन जितेका छन् । उनी दुम्किबासको कार्यक्रम सकेर पुन अर्को कार्यक्रममा सहभागि हुन पाल्पा हानिएका छन् ।  
 
दिउसो ३ बजेपछि अधिकांस दर्शकहरु मेलाबाट फर्किने तयारी गर्दै थिए ।  तर उनको प्रस्तुतीले फर्किने तयारी गरेकाहरु पनि रोकिएभने, उनको प्रस्तुतीमा मेला अबधिमै सबै भन्दा बढी मानिसहरुको भीड लाग्यो । दिउसो ३ बजेपछि स्टेजमा छिरेका उनले १ घण्टा सम्म गीतहरु प्रस्तुत गरेका थिए ।  
 
दर्शकहरुको समेत राम्रो साथ पाएका खाडले करीब ८ वटा गीतहरु प्रस्तुत गरे । उनको गीत मोवाईलमा कैद गर्न मेला हेर्न पुगेका अधिकांस मानिसहरुलाई हतार थियो । मोवाईल भएकाहरुले रामजी खाडको प्रस्तुती कैंद गरेभने केहिलाई सेल्फी खिच्नमा व्यस्त रहेका थिए ।
 
 
दर्शकहरुले राम्रै साथ दिएको र सबैले मोवाईलमा कैंद गरेपछि निकै उत्साही देखिएका खाडको प्रस्तुतीमा यस क्षेत्रका दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए । उनीसँगै गायिका उमादेवी खनालले समेत आफ्नो प्रस्तुतीबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिईन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत