पुरुषोत्तम न्यौपाने र जानकी तारामीले तताए महोत्सव

419
पुरुषोत्तम न्यौपाने र जानकी तारामीले तताए महोत्सव

 अर्जुन सापकोटा, २०७३ मंसिर १ 

महोत्सवको छैठौं दिन मुख्य आकर्षकको रुपमा रहेका चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले महोत्सवको माहोललाई तताए । घाम जस्तो चम्किलो जुन हुँदैन बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका पुरुषोत्तमले भजन सहित आधा दर्जन गीत गाएका थिए । साथै गायक पुरुषोत्तमको साथमा गायिका जानकी तारामी मगरले पनि महोत्सवमा उपस्थित हजारौं दर्शकलाई उनका थुप्रै लोकगीतहरुबाट छमछमी नँचाएकी थिइन् । 
 
लोक तथा दोहोरी गायक राजेन्द्र कण्डेल पनि आफ्ना चर्चितगीतहरुबाट दर्शक नँचाएका थिए । साथै गायक कण्डेलले तिजका गीतहरु पनि गाएर उपस्थित महिला दर्शकहरुलाई नँचाएका थिए । कार्यक्रमको अन्तिम प्रस्तुती दिन आइपुगेका आधुनिक गायक रमेशराज भट्टराईले उपस्थित दर्शकमाझ छुट्टै माहोल बनाएका थिए । साँझको समयमा पनि रमेशराजका चर्चित गीतहरुसँग दर्शकहरु खुबै नाँचेको देखिन्थ्यो । रमेशले ‘बबाल भो’, ‘टेन्सन भयो यार’ लगायतका गीत गाउँदा उर्लिदो दर्शक देखिन्थ्यो ।
 
बिशेषतः युवा दर्शक केन्द्रित गर्ने उनका गीतहरुले आजभने उपस्थित बृद्धहरु पनि नाँच्दै रमाएको देखिथ्यो । महोत्सवको छैठौं दिन भन्दा अघि पनि रमेशराजले देवचुली महोत्सवमा केहि प्रस्तुती दिइसकेका थिए । त्यसदिन पनि रमेशराजका गीतमा नाँच्ने दर्शक उल्लेखनीय देखिन्थ्यो । महोत्सवको छैठौं दिनबाट राष्ट्रिय लोक दोहोरी प्रतियोगीता शुरु भएको छ। 

SHARE

COMMENTS

यसमा तपाइको मत