मास्टर हुँदा हुँदै गायक बन्ने भूत चढ्यो : रमेशराज भट्टराई

यस्तो छ रमेशको संघर्षको कहानी

2688
मास्टर हुँदा हुँदै गायक बन्ने भूत चढ्यो : रमेशराज भट्टराई

अर्जुन सापकोटा, २०७३ मंसिर २० । 
‘माया लाको उनले र मैले दुनियालाई के सवाल भयो, आज पनि पापी सहरमा बवाल भयो, बवाल भो’ यहि गीतबाट एकाएक चम्किए गायक रमेशराज भट्टराई ।नवलपरासी कावासोती २ मा हुर्किएका ३३ बर्षिय रमेशराज पछिल्लो समय निकै व्यस्त कलाकारमा पर्छन् । २ दर्जन आधुनिक तथा लोक दोहोरी गीत बजारमा ल्याएका रमेशराजका क्रिकेट खेल्न जाँन्छु, कुनै पल छैन्, फेसबुक खोलेर हो, पोख्रेली कै छोरी दोहोरी गीत चर्चामा आए ।
 
आधुनिकमा बलाल भो, टेन्सन भयो यार, मैले उनको सामु भन्न मात्रै, जव साँझ पर्छ र फिदा निकै चलेका गीतमा पर्छन् । स्टेज प्रस्तुतीमा समेत निकै रुचाइने भट्टराईले पछिल्लो समय सुगम संगीतमा बढी सूची राख्ने गरेका छन् । भट्टराईले भने, ‘सुरुवातमा लोक गीत गायपनि दर्शकले मलाई सुगम संगीतमै मन पराएको भान हुन्छ, त्यसैले आधुनिक गीतहरुनै बजारमा ल्याएको छु ।’ 
 
यस्तो छ रमेशको सघर्षको कहानी 
कुमारवर्ती क्याम्पसको एउटा कार्यक्रममा पहिलो पटक गीत प्रस्तुत गरेपछि साथी भाईले निकै उक्साए । स्वर राम्रो छ गायक बन्नुपर्छ साथीसंगी र आफ्न्तले भनेपछि उनमा एकाएक गायक बन्ने भूत सृजना भएको थियो । गायक बन्न दौडमा शिक्षकको जागिर छोडेर पोखरा हानिएँ ।
त्यहाँ गीत रेकर्ड गर्न स्टूडियो समेत रहेकाले सहज हुने भन्दै आफू पोखरा गएको हामीसँगको कुराकानीमा उल्लेख गरे । तर पोखरामा पनि सोचे जस्तो प्रगति हुन सकेन् । उनी शिक्षकको पेशा छोडेर काठमाण्डौं गए ।  
 
कक्षा १२ मा पढ्दा उनले ‘मेरा जीवन कोरा कागज’ गीत सार्वजनिक रुपमा सुनाएँका थिए । त्यस अघि देउसी भैलो पनि सामान्य गीत गाउँदै आएका थिए । गायक बन्ने चाहानाले रेडियो नेपालको चर्चित देउराली कार्यक्रममा गीत समेत सुनाएँ जस्ले गर्दा थप उत्साह थपिएको थियो । बोडिङ्ग स्कूलमा पढाउँदै गरेका रमेशराजले केटाकेटी पढाएर कमाएको १ लाख रुपैयाँ पहिलो एल्बम निकाल्दा डुबाएँको हामीलाई सुनाएँ । 
 
उनले भने, ‘निकै दुख थियो गीत झिक्न, कम्पनीले वास्ता नगर्दा, पारिवारीक सपोर्ट नपाउँदा अहिलेको अवस्थामा आईएला भन्ने कल्पना समेत गरेका थिईन् ।’ निरन्तरको प्रयासले अहिले यो अवस्थामा आएको हुँ । सुरुमा गायक बन्छु भन्दा परिवारबाट त्यती साथ थिएन् तर अहिले पनि राम्रो गरिस् पनि भन्नुहुन्न नराम्रो गरिस पनि भन्नुहुन्छ तर म भने अगाडी बढ्दैछु । गीतमा लागेर समय बरर्बाद मात्र गरिस् भनेर बुबा आमा अहिले पनि भन्नुहुन्छ । 
 
१ लाख रुपैयाँ डुबेपछि दोहोरी साँझमा गीत गाउन थालेका रमेशराज अहिले चम्किएका गायकमा गनिन्छन् । रमेशराजले भने, ‘मेरो जीवन गीत संगीतबाट टाढा रहन सक्दैन्, दर्शक श्रोताले माया गर्दा सम्म गीत निकाल्छु, जव मनपराउँदैनन् अरु विकल्प रोज्ने हो ।’ 
 
बबाल भोले चिनिए .... 
‘बबाल भो’ गीत उनले अरु कसैको लागि तयार गरिदिएका थिए । केहि साथीहरुलाई उक्त गीत सुनाएपछि गीत राम्रो रहेको  सल्लाह दिएपछि उनले उक्त गीतमा स्वर दिएको बताए  । रमेशराजले भने, बबाल भो गीत चर्चामा आउँछ भन्ने लागेको तर थियो, तर यति धेरै सफलता पाउला भन्ने कल्पना समेत गरेको थिएन् । २०५९ सालमा मैले तिमलाई चाहेर पनि गीत बजारमा ल्याए, पछि उक्त गीत अञ्जु पन्थले गायपछि निकै चर्चामा पुग्यो । 
 
बिगत १४ बर्षदेखि संगीतिक क्षेत्रमा लागेका रमेशराज गीत संगीतमा भविश्य छैन् भन्नेहरुको बिरोधी हुन् । उनले भने, ‘गीतमा भविश्यनै छैन् भन्ने हल्ला मात्र हो, जस्ले मेहनत गर्छ उस्को लागि बाच्ने धेरै आधारहरु छन ।’ उनले थपे म पूर्ण रुपमा सन्तुष्टी अनि उत्साही पनि, गीत गायर बाँच्न सकिन्छ । 
 
गीत संगीतको क्षेत्र फराकिलो बनेको छ । एउटा सिस्टम मात्र विकास नभएको हो । कलाकार बनेर कामाउने माध्यम धेरै बनेको उनको दाबी छ । रमेशराज गायकसँगै संगीतकार र गीतकार पनि हुन् । उनले भने, मैले आफैंले तयार गरेर गीत गायको छु, अब बसन्त सापकोटाले दिएको संगीतमा स्वर दिने मन छ । 
 
स्टेज तताउँन माहिर 
प्रथम देवचुली महोत्सवको अतिम दिन दिउँसो दर्शकहरु यत्रतत्र छरिएका थिए । प्रचण्ड गर्मीमा महोत्सवको महोल त्यती तातेको थिएन् । सुरुवातमै गीत प्रस्तुत गर्न धेरै गायक रुची देउँदैनन् । किन कि पहिलो पटक गीत प्रस्तुत गर्दा त्यति धेरै दर्शक उत्साही हुँदैनन् । 
 
तर रमेशजाले पहिलो प्रस्तुतीमै माईक समाएर गाउन थाले कार्यक्रमको महोल उर्लियो । यत्रतत्र छरिएका अवलोकन कर्ता महोत्सवको स्टेजतर्फ ध्यान केन्द्रीत गरे । दर्शकै माझमा पुगे र सबैलाई नचाए । साँझपरेपछि तत्ने महोत्सवको माहोल दिउसै तात्यो । भट्टराई अधिकांस स्टेज कार्यक्रममा दर्शकसँगै रहेर गाउन मन पराउछन् । 
 
त्यसो त उनका आधुनिक गीतहरु नाच्ने, धुम मच्याउने खालका रहेका छन् । रमेशराजले भने, दर्शकहरु रमाईलो गर्न आउँछन्, त्यसैले मैले कहिलैपनि सेन्टिमेण्टल गीतहरु गाउँदिन् । त्यसैले पनि धेरै जसो मेला महोत्सवमा रुचाईने कलाकारमा पर्छन् । त्यसैले उनको विदेशमा समेत राम्रो माग हुने गरेको छ ।
 
उनी अहिले जापान, बहराईन, हङ्कङ्ग, दुबै, मलेसिया लगाएतका देश पुगेका छन् ।  अब छिट्टै कतार र युके जाने तयारीमा छु उनले भने, देशभित्रका भन्दा बाहिर रहेका दर्शकहरुले बढी माया गर्दछन् । गीत संगीतलाई हामीले गीत सुनाउँदा नेपालमै रहेको सम्झनुहुन्छ रामेशराजले भने । 

SHARE

COMMENTS

यसमा तपाइको मत