मोटो परिक्षणमा नमुना नै न्यून : प्रचार भएन की परिक्षणमा किसानको ध्यान पुगेन ?

माटोमा अम्लीय र छारेपन बढी

मोटो परिक्षणमा नमुना नै न्यून : प्रचार भएन की परिक्षणमा किसानको ध्यान पुगेन ?

कृषि प्रदान देश नेपाल, यहांका अधिकांस मानिसहरु कृषि पेशामा आबद्ध छन् । कृषि संग जोडिने महत्वपूर्ण पाटो माटो हो । तर माटोको अबस्था परिक्षणमा भने किसानहरुको ध्यान पुग्न नसकेको पाईएको छ । आफुले कृषि उत्पादन गर्ने माटोको अबस्था के छ ? सुधार गर्न के आवश्यक छ भन्ने बारे किसानहरु बुझ्नै नचाहादा उत्पादन बढ्न सकेको छैन । 
 
नवलपरासीको कावासोतीमा माटो व्यवस्थापन निर्देशनालय हरिहर भवनको बिषेश प्रयोगशाला मार्फत ३ दिन सम्म निशुल्क माटोको परिक्षण गरियो । धेरै मानिसहरु माटो संग जोडिएको भएपनि माटो परिक्षणको लागि नमुना नै न्यून मात्रा आयो । करीब १ सय ५० वटा सम्म नमुना परिक्षण गर्ने लक्ष्य लिईएपनि जम्मा ४८ वटा मात्र नमुना प्राप्त भयो । मोटो बिज्ञका अनुसार दैनिक ४० वटा सम्म माटोको परिक्षण गर्न सम्भब थियो बढी भएमा एक दिन सम्म थप गरी माटो परिक्षण गर्ने योजना थियो । 
 
कृषि बिकास कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरेले भने हामीले बिशेष प्रबिधि मार्फत माटो परिक्षण गर्दा निकै ठूलो भिड लाग्नुपर्ने हो तर माटो परिक्षणमा मानिसहरुको उत्साह देखिएन । उनले भने अहिले किसानहरुले परिचय पत्र लिन तर्फ ध्यान केन्द्रित गरेकाले माटोको परिक्षणमा नमुना थोरै आएको हुन सक्छ । 
 
माटोमा अम्लीय र छारेपन बढी
नेपालमा भित्रिएको नयाँ प्रबिधि मार्फत ४८ वटा माटाको परिक्षण गर्दा अधिकासं माटोमा अम्लीय र छारेपन बढी देखिएको छ । माटो बिज्ञ टुक बहादुर थापाले भने धेरैको माटोमा अम्लिय र छारे पन देखिएको छ, प्राङ्गारिक मलको प्रयोग पनि निकै कम छ । उनले भने फसफोरस र पोटासको अबस्था भने रामै्र देखियो ।  माटोमा सधै युरियाको मात्र प्रयोग गर्दा माटो बिग्रिएको हो । यस्तो माटोबाट किसानहरुले राम्रो उत्पादन लिन सक्दैनन् । प्रयोशगशाला मार्फत माटो परिक्षण गरि माटो सुधारको लागि बिज्ञहरु सिफारिस गरेका छन् । थापाले भने हामीले ३ दिन सम्म करीब १ सय २० वटा माटाको नमुना परिक्षण गर्न सक्थ्यौ तर नमुना नै आएन उनले भने माटो परिक्षणमा किसानहरुको समेत ध्यान पुग्न नसकेको पाईयो । प्रचार भएनकी किसानले ध्यान दिनएनन् त्यो आयोजकलाई नै थाँहा होला । परिक्षणमा अधिकांस माटोको नमुना कावासोती नगरपालिका क्षेत्रको रहेको थियोे । 
 
माटो परिक्षणमा बिशेष प्रयोशाला तर तयारी कम्जोर 
नवलपरासी जिल्लामा बिशेष प्रयोगशाला मार्फत माटो परिक्षण गरिएको यो पहिलो पटक हो । कावासोतीको हाटबजारमा संचालन गरिएको शिविरको जिल्ला कृषि बिकास कार्यालय र बिकू बचत तथा ऋण सहकारीले संयुक्त रुपमा आयोजना गरेका थिए । बिशेष प्रबिधि मार्फत माटो परिक्षण गरिए पनि नमुना भने निकै थोरै देखिएको छ । यस क्षेत्रका किसानहरुले त्यसको फाईदा उठाउन सकेनन् ।
 
नमुना परिक्षणको लागि निर्देशनालयबाट ४ जना प्राबिधिक सहितको टोलि खटिएको थियो । माटो परिक्षणको कार्यक्रममा किसानहरु भने बेखर जस्तै बने भन्ने प्रमाणित हुन्छ न्यून माटोको नमुनाले पनि । आयोजकले भने रामै प्रचार प्रसार गरि शिबिर आयोजना गरिएको बताएको छ । बिशेष गरी माटो परिक्षण गर्नुपर्छ भन्ने जनचेतना किसानहरु सम्म नपुर्याई शिबिरको आयोजना गर्दा नमुना बढी आउन नसकेको हो । जिल्ला कृषि बिकास कार्यालयले यस बर्ष २ स्थानमा माटो शिविरको आयोजना गर्ने कार्यक्रममा राखेको थियो । यस बर्ष कावासोतीमा भएको शिबिरमा जम्म ४८ किसानहरुको माटो परिक्षण गराएका छन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत