लकडाउनमा विकूले दियो सेवाग्राहीलाई बिशेष छुट (भिडियो रिपोर्ट सहित)

1355
लकडाउनमा विकूले दियो सेवाग्राहीलाई बिशेष छुट (भिडियो रिपोर्ट सहित)

देवचुली न्यूज, बैशाख, कावासोती ।  विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लकडाउनको समयमा आफ्नो सेवाग्राहीलाई बिशेष छ्ुट दिएको छ । नेपाल सरकारले आह्वान गरेको लकडाउनको समयमा सेवाग्राही समस्यामा परेको भन्दै आफ्ना सेवाग्राहीहरुलाई ब्याजमा १० प्रतिशत छुटका साथमा दैनिक ११ बजेदेखी १ बजेसम्म सेवा दिइरहेको छ । 
कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) प्रदान गरी निरन्तर सेवा प्रवाह गरिरहेको विकू बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि थप राहत प्याकेज ल्याएको छ । संस्थाले ऋणको किस्ता असार २० गतेसम्म बुझाएमा ब्याजको १० प्रतिशत छुट हुने निर्णय समेत संस्थाले गरेको छ । त्यस्तै कलडाउन अवधिभरमा पर्ने किस्तामा हर्जना समेत नलगाउने संस्थाले जनाएको छ ।
 
त्यस्तै संस्थाले दैनिक गुजारा गर्न समस्या परेमा बढीमा १५ हजार रुपैयाँसम्म तीन महिनाको लागि सापटी समेत लिन सकिने संस्थाले जनाएको छ । त्यस्तै संस्थाले लकडाउनको समयमा सदस्य अस्पताल भर्ना भएमा ५० हजारसम्मको बिल भुक्तानी गरीदिने समेत जनाएको छ । उक्त रकम २ महिना भित्र सदस्यले संस्थालाई फिर्ता गर्नुपर्नेछ ।
 
लकडाउनको समयमा डिजिटल कारोबारलाई समेत संस्थाले प्राथमिकता दिएको छ । एटिएमबाट रकम निकाल्दा कुनै पनि शुल्क नलाग्ले संस्थाले जनाएको छ ।  
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोक्न नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सदस्यहरुलाई आफ्नो खातामा नगद जम्मा गर्न, नगद भुक्तानी, ऋण भुक्तानी र रेमिट्यान्सको सेवा प्रवाह गरिहेको प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो।
 
यो विषम परिस्थितीमा पनि सदसयहरुको मागलाई ध्यानमा राखेर मुख्य कार्यालयसहित १७ वटै सेवाकेन्द्रबाट दैनिक सेवा उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।
 
मुख्य कार्यालयबाट दैनिक १०० जना सदस्यहरुले सेवा लिइरहेको र सब केन्द्रमा गरी ५ सयदेखि ६ सय जना सदस्यहरुलाई यो विषम परिस्थितीमा पनि आवश्यक सेवा विकूले दिइरहेको हो ।
देवचुली टेलिभिजनले तयारी पारेको एक बिशेष भिडियो रिपोर्टः  
 

SHARE

COMMENTS

यसमा तपाइको मत