रक्सी बेच्दा गरिब बनेकी नानीमायालाई कुखुराले धनी बनायो

1619
रक्सी बेच्दा गरिब बनेकी नानीमायालाई कुखुराले धनी बनायो

देवचुली नगरपालिकाको मुडाबासकी ४० बर्षिय नानीमाया लुङ्गेली धेरै समय परिवार चलाउन घरमा रक्सी पार्ने र बेच्ने गर्थिन् । जिवनका धेरै घुम्टीहरु रक्सी पार्न धुलो र धुवा मै बित्यो उनी र उनको परिवारको समेत ।
 
जति नै रक्सी बेच्दापनि उनी कहिलै धनी बन्न सकिनन् । सधै बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलि रह्यो ।  परिवारिक समस्या झन्झन् जटिल बनेपछि नानीमाया गरिबीको खाल्डोमा फस्दै गईन् ।
रक्सी बचेर पैसा कमाउने सपना बुनेकी उनी धुवाधुलोकै कारण रोगी बन्दै गईन । रक्सी कै कारण परिवार र समाजमा समेत झैझगण्डा र्सिजना भयो । 
 
बषौँ सम्म लोकल रक्सी बनाएर बेच्दा नफेरिएको उनको जिवन ५ बर्षे कुखुरा पालनको यात्राले आमुल परिर्वतन ल्याईदिएको छ । उनी अहिले त्यस क्षेत्रको सफल कुखुरा पालक महिला किसानमा पर्छिन् । 
 
सानो खोरमा, केहि कुखुराबाट शुरु गरेको उनको व्यवसाय अहिले बार्षिक ३ लाख सम्मको आम्दानी गर्ने बाटो बनेको छ । नानीमायाले भनिन् “अहिले म संग ८ सय कुखुरा छन् जाडोमा करिब १ हजार सम्म पाल्ने गर्छु, घरमै खरिद गर्न व्यापारीहरु आउछन् बजारको कुनै समस्या छैन ।” 
 
आर्थिक हिसाबले अत्यन्तै कम्जोर नानीमायाको ५ जनाको परिवार चलाउन कोसेढुंगा साबित बनेको छ कुखुरा पालन । श्रीमान् र छोरी समेत रोगी रहेका कारण गरिबिकै बीचमा परिवार चलाउनुको पिडा बुझि नसक्नुको छ । 
 
खोर बनाएर कुखुरा पाल्न थालेको ३ बर्ष भएको छ । २ सय कुखुराबाट व्यवसाय शुरु गरेकी नानीमायाले यसलाई अझै बिस्तार गर्ने सोचमा छिन् । 
 
नानीमायाले आफ्नो परिवार चलाउन र स्वरोजगार बन्न थालेको प्रयास खाली बस्ने महिलाहरुको लागि एक राम्रो पाठ हुन सक्छ केहि गर्नुपर्छ भन्ने । समान्य परिवारकी नानीमाया विदेश जाने रकम देशमै लगानी गरि उद्यमशिल बन्न सुझाब दिन्छीन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत