किसानको दुखेसो : यस बर्ष मकैको बिउँ समेत उठ्न मुस्किल छ

551
किसानको दुखेसो : यस बर्ष मकैको बिउँ समेत उठ्न मुस्किल छ

समयमा पानी पर्न नसकेपछि र्सिजना भएको लामो खडेरीका कारण यस बर्ष मकै उत्पादनमा निकै धेरै गिराउट आउने भएको छ । समयमै मकै छरेकाहरुले समेत पानी परेपछि मकै बोट सोचे अनुसारले बढ्न नसक्दा मकैको लागत समेत उठाउन मुस्किल पर्ने भन्दै किसानहरु चिन्तीत बनेका छन् ।
 
नवलपरासीमा केहि किसानहरुले जेठ शुरु भएपछि मात्र मकै छरेका छन्  भने केहिले किसानहरुले पहिले नै मकै छरिसकेका थिए । मकै उत्पादक किसान देबचुली नगरपालिका कद्मपुरका जिवराज सिग्देल यस बर्ष किसानलाई मौसमले समेत साथ नदिएको गुनासो गरे ।
 
उनले भने “करिब १० कठ्ठा जमिनमा मकै लगाएको छु, मकैले भुई समेत छाडेको छैन् , गत बर्ष उत्पादन भएको मकैको ४ भागको एक भाग पनि उत्पादन हुने छैन ।” कृषि मै आश्रित रहेका सिग्देल यस बर्ष निरास छन् ।
 
१ बिगाह जमिनमा मकै लगाएका देबचुली ५ का तुलाराम पुरीले यस बर्ष बिउँ समेत उठ्न मुस्किल रहेको बताए । मकै लगाउदा करिब २० हजार खर्च गरेका पुरीले लगानी नउठ्ने र यस बर्ष घर परिवार चलाउन समेत मुस्किल पर्ने बताए । सिग्देल र पुरी जस्तै जिल्लाका किसानहरुले अधिकांस स्थानमा लगाएको मकैको अवस्था पनि उनीहरुको जस्तै छ ।
 
सिचाई भएको क्षेत्रमा मकै राम्रो रहे पनि सिचाईको सुबिधा नभएको र आकासे पानीको भरमा मकै लगाएका किसानहरु बढी मर्कामा परेका छन् । समयमै बर्षा नहुदा धेरै किसानहरुले मकै छर्न पाएनन् भने र्छरेकाहरुको खेतबारीमा समेत राम्रो उत्पादन हुने अवस्था नदेखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । नवलपरासीको समथर भूभाग र पहाडी क्षेत्रका अधिकांस स्थानमा मकै खेती गर्ने गरिएकोे छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत