कावासोतीको रिठ्ठेपानीमा महिलाहरुले सामूहिक बँगुर पालन गर्ने

कावासोतीको रिठ्ठेपानीमा महिलाहरुले सामूहिक बँगुर पालन गर्ने

नवलपरासीको कावासोती रिठेपानीमा सामूहिक बँगुर पालन गरिने भएको छ । २५ जना महिलाहरुलाई ५० वटा बँगुर पाल्नको लागि अहिले फर्म निर्माण शुरु गरिएपछि समूहमा आबद्ध बनेकाहरुलाई ३ दिने तालिम प्रदान गरियो । जिल्ला पशु सेवा कार्यालयको आयोजना र शिव मन्दिर महिला बहुउदेश्य सहकारीको संयोजनमा समूहमा आबद्ध महिलाहरुलाई व्यवसायिक बँगुर पालन सम्बन्धी तालिम प्रदान गरिएको हो । 
 
तालिममा जिल्ला पशु सेवा कार्यालका बरिष्ठ पशु विकास अधिकृत शंकर शाह, कार्यक्रम अधिकृत भूमिश्वर खनाल, कावासोती सेवा केन्द्रका पशु स्वास्थ्य प्राबिधिक बुद्धि बहादुर देउजा लगाएतले सहजिकरण गरेका थिए । महाराजा बँगुर पालन समूह गठन गरि यस क्षेत्रमा बसोबास गर्ने मगर, गुरुङ, तामाङ् लगाएतका समूदायका महिलाहरुलाई आर्थिक उपार्जनको लागि बँगुर फर्म संचालन गर्न लागिएको महिला सहकारीका अध्यक्ष खगिसरा गुरुङले जानकारी दिईन ।
 
यहाँ निर्वाहमुखी रुपमा बँगुर पालन हुदै आएको र अब तालिम पछि यहाँ व्यवसायिकता शुरु हुने भन्दै स्थानीय हर्षित बनेका छन् । फर्म निर्माणको लागि सहकारी र पशु सेवा कार्यालयले आर्थिक तथा प्राबिधिक सहयोग गर्नेछ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत