पानी परे सँगै किसानलाई बर्खे धान रोप्ने चटारो (फोटो फिचर )

523
पानी परे सँगै किसानलाई बर्खे धान रोप्ने चटारो (फोटो फिचर )

असार महिना शुरु भएपछि नवलपरासी सहित बिभिन्न जिल्लामा किसानहरुलाई धान रोप्ने चटारो शुरु भएको छ । समयमै बर्षा नहुदा धानको बिउँ ढिला गरि राखेका किसानहरु बर्षा शुरु भएपछि खेतबारीमाa व्यस्त देखिएका छन् । आकासे पानीको भरमा रोपाँई गर्ने किसानहरुको व्यस्ता लगातार पानी परेपछि ह्वातै बढेको छ । यहाँका अधिकांस खेती योग्य जमिनमा आकासे पानीको भरमा धान रोप्ने कार्य हुन्छ । 
 
अहिले सम्म करिब ५ प्रतिसत धान रोप्ने कार्य सकिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरेले जानकारी दिए । उनका अनुसार यस जिल्लामा ४६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमा २६ प्रतिसत जमिनमा मात्रै सिचाई सुविधा छ । धेरै स्थानमा खेत जोत्न ट्याक्टरको प्रयोग हुने गरेको छ, रोपाँई भने परम्परागत रुपमै गरिर्दै आइएको छ ।
 
किसानहरुले बढी मात्रामा यस जिल्लामा सावा मनसुली धान लगाउने गरेका छन् । खानको लागि मिठो र उत्पादन समेत राम्रो हुने हुदा मनसुली जातको धान रोप्ने गरेको देवचुली नगरपालिका किसान राम बहादुर क्षेत्रीले बताए । यहाँको तराई भित्री मधेश र पहाडी क्षेत्रमा समेत धान खेती गरिदैं आईएको छ । यस बर्ष असार भित्र धेरै स्थानमा रोपाई सक्ने कृषि कार्यलयले जानकारी दिएको छ । ढिलो गरी मकै छरेका किसानहरुको रोपाँई भने साउनको दोस्रो हप्ता सम्म भई सक्ने छ । गत बर्ष भन्दा यस बर्ष छिटो धान रोप्ने कार्य शुरु भएको हो । 

SHARE

COMMENTS

यसमा तपाइको मत