रिठेपानीका महिलाहरुले सामुहिक ब्यवसायीक बंगुर पालन शुरु गरे

695
रिठेपानीका महिलाहरुले सामुहिक ब्यवसायीक बंगुर पालन शुरु गरे

अर्जुन सापकोटा, असार १० 
नवलपरासी कावासोतीको वडा नम्बर १ रिठेपानी क्षेत्रमा रहका २५ जना महिलाहरुले समूह गठन गरि सामुहिक बंगुर पालन शुरु गरेका छन् । महाराजा बंगुर पालन समूह मार्फत ५ कठ्ठा जमिन भाडामा लिएर २ वटा खोर निर्माण गरि बंगुर पालन शुरुवात गरिएको हो । 
 
५० वटा बंगुर पालन गर्न शिव मन्दिर महिला बहुउदेश्य सहकारी संस्थाको पहलमा जिल्ला पशु सेवा कार्यालयले ८ लाख ५० हजार अनुदान दिएपनि यहाँका महिलाहरु बंगुर पालनमा लागेका हुन । अहिले खोरमा २४ वटा बंगुर राखिएको छ । 
 
यहाँ आदिवासी जनजातीको बसोवास रहेको क्षेत्र भएकाले पनि धेरैले बंगुर पाल्ने गरेका छन् । तर ब्यवसायीक हुन नसक्दा राम्रो आम्दानी लिनबाट बञ्चित भएका छन् । समूहमा आबद्ध बनेपछि जिल्ला पशु सेवा कार्यालयले समेत उनीहरुलाई बंगुर पालन सम्बन्धि तालिम प्रदान गरि सकेको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत