देवचुली नगरपालिकाको मुण्डेमा सकियो १६ हप्ते “कृषक पाठशाला”

373
देवचुली नगरपालिकाको मुण्डेमा सकियो १६ हप्ते “कृषक पाठशाला”

नवलपरासी(देवचुली) असार ११
देवचुली नगरपालिकाको मुण्डेमा संचालित एकिकृत बाली जलश्रोत ब्यवस्थापन कृषक पाठशाला सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषकको अवस्था सुधार गर्नको लागि १६ हप्ते कार्यक्रम संचालन गरेको थियो । टोक्रे नहर बाली विकास समूहमा आबद्ध २१ जना किसान पाठशाला सहभागी बनेका थिए । पाठशालाको समापन गर्दै जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ बाली विकास अधिकृत तेज नारायण गैरेले किसानहरुको आम्दानीको श्रोत बढाउनु नै कार्यक्रमको प्रमुख लक्ष्य रहेको बताए ।
 
बाली बिकास अधिकृत निर्मल रेग्मीले सिचाई सुविधा रहेको मुण्डेमा बिशेष प्राथमिकताको आधारमा पाईलक प्रोजेक्ट संचालन गरिएको भन्दै सिकेको कुरा व्यहारमा उतार्न आग्रह गरे । पाठशाला अन्तरगत किसानहरुलाई प्रत्यक्ष रुपमा फिल्डमा नै गई १६ हप्ता सम्म खेती बाली र सिचाईको ब्यवस्थापन बारे कृषि प्राविधिक नरेन्द्र भण्डारीले जानकारी गराएका थिए ।
 
पाठाशालमा अधिकांस महिलाहरु सहभागी बनेको भन्दै सिकेको सिप ब्यवहारमा लागु गर्ने समूहका अध्यक्ष जेम कुमारी गाहाले प्रतिबद्धा जनाईन् । सहभागीले पाठशालामा मार्फत उत्पादन गरेका कृषि उत्पादन समेत प्रदर्शन गरेका थिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत