तालिम पछि १ सय ५० युवाको स्वरोजगार बन्ने सपना

645
तालिम पछि १ सय ५० युवाको स्वरोजगार बन्ने सपना

अर्जुन सापकोटा, नवलपरासी गैंडाकोट, असार १८ ।

मध्यविन्दु नगरपालिका घर भएकी गीता क्षेत्री विजय विकास श्रोत केन्द्रको सभाहलबाट शनिवार बाहिरीदा अनुहारमा नयाँ तरङ्ग थियो । निधारमा रातो टिका र हातमा ४५ दिने ग्रामीण कृषि तालिम लिएको प्रमाण पत्र समाएर कृषि मै केहि गर्ने सोच रहेको बताईन । 

व्याचलर दोस्रो बर्षमा अध्ययन गर्ने क्षेत्रीले व्यवसायिक तरकारी खेती गर्ने र बाँकी रहेको आफ्नो जमिन बाँझो नराखी कृषि मै परिर्वतन ल्याउने, तालिम लिन थालेपछि नै योजना बनाउन थालेकी थिईन ।
 
रजहरका १९ बर्षिय रोशन थनेत घरको अन्य काम छोडेर भएपनि ६५ दिने प्लम्विङ्ग तालिममा सहभागी बने । हातमा प्रमाण पत्र थमाएपछि अब थप सीप सिकी नेपालमै केहि गर्ने ध्याउनेमा उनी छन् । थनेतले भने “अन्य काम भन्दा प्लम्विङ्गको काम सजिलो पनी छ, लेवल टू पनि यही सिकाउने कुरा छ, निकै खुसी लागेको छ ।”
थनेत र क्षेत्री जस्तै १ सय ५० जना युवाहरुले निशुल्क ६५ दिने प्लम्विङ्ग तथा कुक र ४५ दिने ग्रामीण कृषि तालिम लिएपछि स्वरोजगार बन्ने प्रयास गर्ने बताएका छन् । विकू बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, व्यवसायिक तथा सीप विकास तालिम केन्द्र बुटवलको सह आयोजनामा तालिम प्रदान गरिएको हो । 
जिल्लाको गैंडाकोट, रजहर, त्रिभुवनटार, डण्डामा तालिम संचालन गरिएको थियो । कुक र प्लम्विङ्गमा १ सय २० र ग्रामीण कृषिमा ३० जना सहभागी बनेका थिए ।श्रम तथा रोजगार मन्त्रालयका सचिव बिष्णु प्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा रोजगार विभागका निर्देशक विश्वराज पाण्डे, व्यवसायिक सीप तालिम केन्दका प्रमुख वालकृष्ण पौडेल, विकू सहकारीका पूर्व अध्यक्ष नारायण सापकोटा, आईडियल इन्जिनियरिङ्ग कन्स्ट्रक्सनका प्रमुख अरुण अर्याल, करियर गु्रप नेपाल पाल्पाका प्रमुख टंक प्रसाद भट्राई लगाएतको उपस्थिती रहेको थियो । 
श्रम मन्त्रालयका सचिब लम्सालले नेपालबाट ठूलो जनशक्ति बाहिरी मुलुक पलाय भईरहेको भन्दै त्यसलाई रोक्न सरकार लागि परेको बताए ।   कार्यक्रम विकू बचत तथा ऋण सहकारीका अध्यक्ष हरिलाल सापकोटाले तालिम लिएकाहरुलाई ऋण प्रवाह गरी स्वरोजगार बनाउने उदेश्य रहेको जानकारी दिए ।

SHARE

COMMENTS

यसमा तपाइको मत