अमलटारी होमस्टे देशकै उत्कृष्ट

845
अमलटारी होमस्टे देशकै उत्कृष्ट
अमलटारी मध्यर्र्ती सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट

पुजा चापागाई, बैशाख २९ 
कावासोतीको बाघखोरमा रहेको अमलटारी मध्यर्र्ती सामुदायिक होमस्टे नेपालकै उत्कृष्ट बनेको छ । नेपालमा संचालनमा आएका स्टेमध्ये सबै भन्दा उत्कृष्ट होमस्टेको रुपमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तारा गाउं समितिले १ लाख १ हजार नगद सहित सम्मान गरेको छ । होमस्टेले पाएको सम्मानबारे बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएको हो ।
 
स्थानियको सकृय सहभागिताले नै होमस्टे सफल बनेको होमस्टे संचालक समितिका अध्यक्ष प्रेम शंकर मर्दनियाले जानकारी दिए । सम्मान पाएपछि त्यहांका होमस्टे सञ्चालक र स्थानिय निकै हर्षित बनेका छन् । यस सम्मानले होमस्टे देशबिदेशमा परिचित हुंने र त्यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटक यहां आउने भन्र्दै रामनाथ थारुले खुसी ब्यक्त गरे । सम्मान पाएपछि स्थानियहरुले विजय र्यालि समेत निकालेका थिए । बिभिन्न नारा लगाई कावासोतिको फलफुल चोक देखि होमस्टे सम्म पुगेका थिए ।
 
विगत ३ वर्ष देखि सञ्चालित होमस्टेले छोटो समयमा निकै सफलता हासिल गरेको छ । अहिले सम्म २९ हजार भन्दा बढि आन्तरिक र बाह्य गरि पर्यटकहरु स्टे गरिसकेको मर्दनियाले जानकारी दिए । जसबाट १ करोड ७५ लाख आम्दानि भैसकेको छ ।  अति सीमान्तकृत माझि,मुसहर,थारु गरि जम्मा २ सय १२ घरधुरि रहेको यहां २२ वटा होमस्टे सञ्चालित छन् । जैविक विविधता पर्यापर्यटन थारु कला संस्कृति, खानाका परिकार स्थानिय मौलिकताले पर्यटकलाई लोभ्याउने गरेको छ ।
 
 

SHARE

COMMENTS

यसमा तपाइको मत