साईकलमा च्याउको व्यापार दैनिक १ हजार खल्तीमा

463
साईकलमा च्याउको व्यापार दैनिक १ हजार खल्तीमा

अर्जुन सापकोटा, असार २८ ।
आईतबार दिउँसोको करिव १२ बजेको हुँदो हो, प्रचण्ड गर्मी थियो, मानिसहरु निकै थोरै मात्र सडकमा निस्किएका थिए । कावासोतीको वीपी चोकमा २५ बर्षीय हरि बहादुर बिक चर्को स्वरमा चिच्याउँदै, शरीरमा पसीना तप ! तप ! चुहाएर साईकलको घण्टी बजाएर, व्यापार गर्न व्यस्त थिए । ल हजूर च्याउ आयो, खानुहोस् स्वस्थ रहनुहोस्, स्थानीय उत्पादन हो राम्रो छ । यस्तै यस्तै केहि कुरा बोल्दै च्याउ खरिद गर्ने ग्राहकहरु सँग, यसरी नै मौखिक विज्ञापन गरेर देवचुली नगरपालिका झाके्रका हरि बहादुर बिना लगानीको रोजगारीमा छन् । 
 
१ बर्ष अगाडी दुवैबाट फर्किएका उनी स्वदेश फर्किएपछि च्याउ विक्रि गर्ने कार्यमा आबद्ध छन् । उनी आफै च्याउ उत्पादन गर्ने व्याक्ति भने होईनन् ।  तर खाने मुखलाई जुँंगाले छेक्दैन भने झै, अरुले उत्पादन गरेको च्याउ विक्रि गरेर दैनिक १ हजार भन्दा बढी पैसा कमाउछन् । उनले भने मासिक ३० हजार भन्दा वढी मेरो आम्दानी छ । 
 
उक्त रकमे विदेश पुगेर कमाउने भन्दा कम छैन । उनले भने “लगानी त एक रुपैयाँ पनी गर्नुपर्दैन वेलुका विक्रि गरेपछि मात्र पैसा बुझाउने हो । उनले थपे दैनिक ३० किलो च्याउ साईकलमै राखेर बेच्छु ।  च्याउ विक्रिको लागि रजहर, कावासोती, डण्डा प्रगतिनगर लगाएतका स्थानमा विक पूग्छन् । कावासोतीमा साईकल राख्ने गाडीमा च्याउ ल्याएर विक्रि गर्ने दैनिकी बनेको छ । विहान खाना खाएर आउने र विभिन्न स्थानमा साईकलमै राखेर च्याउको विक्रि गरी विकले ३ जनाको परिवार पाल्दै आएका छन् ।  

SHARE

COMMENTS

यसमा तपाइको मत