काठमाण्डौं र पहाडी जिल्लाको च्याउ नवलपरासी भित्रिदैं

363
काठमाण्डौं र पहाडी जिल्लाको च्याउ नवलपरासी भित्रिदैं

अर्जुन सापकोटा नवलपरासी, असार २९ ।

कावासोती सभापति चोकका हरि कुमार थापालाई १ बर्षदेखि च्याउ खाने बानी बसी सकेको छ । सकभर दैनिक, नभए केहि दिनको अन्तरालमा थापाले यस्को प्रयोग गर्छन् । उनले भने “माग बढेपछि जिल्लामा उत्पादन हुन छाडेपनि बाहिरबाट समेत आउ“दो रहेछ, अहिले पनि प्रयोग गर्दैछु ।” 

च्याउको प्रयोग गर्नेहरुको संख्या बढ्न थालेपछि अहिले बाहिरी जिल्लाबाट ठूलो मात्रामा च्याउ भित्रिन थालेका छ । स्वास्थ्यको दृष्टिकोणले समेत यसको प्रयोग फलदायी हुने भएकाले अहिले धेरै खाध्यबस्तुको भिडमा च्याउ रोजाईमा पर्न थालेको छ । 
 
नवलपरासी रजहरका कमल चापागाईलाई काठमाण्डौंबाट च्याउ ल्याएर बेच्न आज भोली भ्याई नभ्याई छ । जाडो मौसममा आफैले उत्पादन गरेपनि गर्मी लागेपछि बाहिरबाट खरिद गरि विक्रि गर्ने गरेका छन् ।  समय सँगै बजारमा च्याउको माग बढेको छ । उनले भने “असार लागेपछि बिवाहको मौसम शुरु भएको छ, भोजभत्तेरमा च्याउलाई मासुको विकल्पको रुपमा प्रयोग गर्ने हुदा माग बढेको हो ।” 
 
दैनिक रुपमा चापागाईले ८० किलो च्याउ विक्रि गर्ने गरेका छन् ।  देवचुली नगरपालिका झाक्रेका हरि बिक दैनिक कावासोतीमा ३० किलो च्याउ विक्रि गर्छन् । उनी जस्तै साईकलमा च्याउ बेच्नेहरुले राम्रो आम्दानी पनी गरेका छन् ।  विकले भने “दैनिक रुपमा १ हजार भन्दा बढी कमाई हुन्छ, बजारमा च्याउको माग पूर्याउन समेत मुस्किल छ ।” 
 
नवलपरासीमा केहि बर्ष यता जोडो मौसममा व्यवसायिक खेतीको शुरुवात गरिएपछि यहाँ च्याउका पारखीहरु बढेको हुन् । दैनिक रुपमा प्रयोगकर्ता बढेपछि कामाण्डौं, लगाएत पहाडी जिल्लाबाट च्याउ भित्रन थालेको छ । 
 
गर्मीमा च्याउ उत्पादन गर्न नसक्नु, उत्पादन गरेपनि लागत बढ्ने कारणले गर्दा बाहिरबाट ल्याउदा सस्तो पर्ने च्याउ विक्रेता चापागाईको भनाईछ । १ केजीको २ सय ५० रुपैयाँ सम्म बिक्रि वितरण हुने गरेको छ । अहिले किराना पसल तथा तरकारी पसलहरुमा समेत च्याउ विक्रिको लागि राख्ने गरिएको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत