४ करोड ५० लाखको सामुदायिक बीउँ प्रसोधन केन्द्र

410
४ करोड ५० लाखको सामुदायिक बीउँ प्रसोधन केन्द्र

अर्जुन सापकोटा, साउन ९ ।
नवलपरासीको देवचुली नगरपालिकामा ४ करोड ५० लाखको लागतमा सामुदायिक बीउँ प्रसोधन तथा भण्डारण केन्द्रको स्थापना गरिएको छ । वडा नम्बर ३ मा स्थापना गरिएको केन्द्रको कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसिले शनिवार उद्घाटन गरेका हुन् । 
 
कृषकहरुलाई आवश्यक उन्नत जातको बीउँ भण्डारण गरी देशभरका किसानहरु समक्ष पूर्र्याउने उदेश्य सहित केन्द्रको स्थापना गरिएको हो । बीउँ प्रसोधन केन्द्रमा दिव्यपूरीमा रहेका लालिमा कृषि सहकारी, सञ्जीवनी बचत तथा ऋण सहकारी, महिला बहुउदेश्य र कञ्चन कृषि सहकारीको डेढ करोड र नेपाल सरकारको ३ करोडको लगानी रहेको छ ।
 
नेपाल सरकारको सिचाइँ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व वैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसंगै आफ्नै गाउँठाउँमा उन्नत बीउँ उत्पाउन हुने र भण्डारण हुने भन्दै किसानहरु हर्षित भएका छन् । 
 
कार्यक्रममा किसानका लागि उन्नत बीउँ बीजन कार्यक्रम आयोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल, जिल्ला कृषि विकास कार्यालय नवलपरासीका बरिष्ठ कृषि अधिकृत तेज नारायण गैह्रे लगाएत विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसस्था, समाजसेवी शिक्षक लगाएत स्थानीय किसानहरुको उपस्थिती रहेको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत