बसको सह चालकबाट २५ तोला सुन बरामत

382
बसको सह चालकबाट २५ तोला सुन बरामत

नवलपरासी, साउन १० 
इलाका प्रहरी कार्यालय नवलपुरले २५ तोला सुन बरामद गरेको छ । गएराति काठमाडौंबाट सन्धिखर्कको लागि आउंदै गरेको लु  ख ६१४२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको सुन बरामद गरेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताउनुभयो ।
 
थापाका अनुसार बसको कन्डक्टर अर्घाखाँची जिल्लाको ठाडा ३ निवासी २२ बर्षीय संजय क्षेत्रीको साथबाट २५ तोला काँचो ढिको सुन बरामद गरेको हो । उक्त सुनको बजार मूल्य १४ लाख ४४ हजार बराबरको रहेको छ । बरामद सुन र संजय क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत