जिल्ला निकासीको ठेक्काले जिविस नवलपरासीमा तनाव

483
जिल्ला निकासीको ठेक्काले जिविस नवलपरासीमा तनाव

नवलपरासी। साउन १२ । 

जिल्ला निकासीको ठेक्का यसवर्ष जिविसले करिब ३ करोड घाटामा दिएपछि यसको चौतर्फी विरोध भएको छ । गतवर्ष जिल्ला निकासीको ठेक्का ४ करोड २५ लाख २५ हजार ५ सय २५ रुपैयाँमा गएको थियो तर यसवर्ष जिविस कर्मचारी र ठेकेदारको मिलोमतो सोहि ठेक्का १ करोड ३० लाखमा मात्र गएपछि विभिन्न राजनीतिक दल, नागरिक समाज र स्थानिय निर्माण व्यवसायीहरुद्धारा चर्को विरोध भएको हो ।
 
ठेकेदारसंग मिली सूचना लुकाएर ठेक्का अनुपम निर्माण सेवालाई एक करोड ३० लाखमा दिएपछि यसको चौतर्फी आलोचना भएको हो । ठेक्का गतवर्ष उच्च प्रतिस्पर्धाले ४ करोड २५ लाखमा गएको तर यसवर्ष खासै प्रतिस्पर्र्धा नभएको हुँदा ठेक्का १ करोड ३० लाखमा गएको स्थानिय विकास अधिधकारी लालकृष्ण शर्मा पौडेलले बताए ।
 
करिब एक हप्तादेखि ठेक्काको विषय लिएर चुलिएको विवाद मिलान जिविसमा बसेको सर्वदलिय बैठकमा एलडिओ पौडेलले ठेक्काको सबै प्रकृया मिलेको जानकारी दिँदै गतवर्ष ठेक्का हात पारेको प्राकृतिक निर्माण प्रा।लिले करिब १ करोड ५० लाख मात्र जिविसलाई राजस्व बुझाएको छ भने करिब ३ करोड रुपैयाँ अझै असुल हुन बाँकी रहेको बताए ।
 
पटक पटक जिविसले रकमको ताकेदा गरेपनि प्राकृतिक निर्माणले अटेरी समेत गर्दै आएको उनले बताए । बैठकमा ठेक्का गलत तरिकाले गएको र जिल्लारि यसको चर्को विरोध भन्दै दलहरुले ठेक्का बदरको माग गरेका छन् । बैठकमा एलडिओ पौडेलले ठेक्का बदर वा सदर विषयमा कानुनी प्रामर्श लिई मात्र निर्णय लिन मिल्ने भन्दै विहिवार फेरि बैठक बस्ने बताएका छन् । ठेक्का प्रकृया नमिलेको र पैसा खाएर ठेक्का दिइएको स्थाननिले आरोप लगाउदै यसको छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटबल समेतमा उजुरी दिएका छन् ।
 
त्यसैबिच जिविसको काम कारर्वाही सबै नागरिकले थाहाँ पाउनु पर्छ भन्दै मंगलवार नागरिक समाजले परासी क्षेत्रमा माईकिंग गर्दै गर्दा माईकिमा हिडेको गाडीलाई ठेकेदार पक्षका केहि ब्यक्तिहरुले तोडफोड गरी क्षति पुया्एको नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले बताए । तोडफोड रोक्न गएका अध्यक्ष उपाध्याय माथि पनि सोही टोलीले दुव्र्यहारे बताए । समाजका अध्यक्ष उपाध्याय माथि दुव्र्यहार भएसंगै नागरिक समाज र स्थानियवासीहरुले दोषीलाई कारवाहीको माग गर्दै जिविसमा एकछिन विरोध प्रर्दशन समेत गरेका थिए ।
 
दोषिलाई कारवाही तथा गाडीमा भएको क्षतीको क्षतिपुर्तिको माग गर्दै जिविमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन समेत गएका थिए । विवादका कारण जिविसलाई सुरक्षाकर्मीले सुरक्षा दिइराखेका छन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत