नवलपरासीको जिल्ला निकासीको ठेक्कामा एलडिओलाई भ्रष्ट्राचारको आरोप

532
नवलपरासीको जिल्ला निकासीको ठेक्कामा एलडिओलाई भ्रष्ट्राचारको आरोप

नवलपरासी, साउन १२ । 
सूचना लुकाएर जिल्ला निकासी कर न्यून मुल्यमा दिएको भन्दै यहाँका राजनीतिक दलहरु स्थानिय बिकास अधिकारी एलडिओ बिरुद्ध खनिएका छन् । गत वर्ष ४ करोड २५ लाखमा दिइएको निकासी कर उठाउने ठेक्का यसपटक जम्मा एक करोड ३० लाखमा पाल्पाको जनसेवा निर्वाण सेवालाई दिइएको छ । 
 
ठेक्का क्रममा एलडिओ लालकृष्ण शर्मा पौडेलले माथिल्लो निकायमा मिलाउनु पर्ने भन्दै ठूलो रकम लिएर आरोप दलको छ । ुस्थानिय बिकास अधिकारी र कर्मचारी मिलोमतोमा ठूलो रकम भ्रष्टाचार गरेर जिबिसको आम्दानी घटाएको छ,ु संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादबले आरोप लगाए । उनले एउटै ठेक्कामा करिब ३ करोड घाटा हुने गरि अनुमती दिएर भ्रष्टाचार गरेकोले तत्काल छानविन हुनुपर्ने माग गरेका छन । 
 
दलले निकासी कर अति न्यून रकममा दिएको बिषयमा तत्काल छानविन हुनुपर्ने र एलडिओ समेतका जिबिस कर्मचारीललाई निलम्बन गर्न माग गरेका छन् । सामान्यतया ठेक्का दिदा गत वर्षको भन्दा १० प्रतिसत बढि रकममा दिने प्रचलन हुन्छ । जिविसले गत जेठ २९ गते बुटवलवाट प्रकासन हुने एक पत्रिकामा निकासी ठेक्काको सूचना प्रकासन गरेको थियो । उक्त दिनका सबै पत्रिका मिलोमतोमा खरिद गरेर सूचना बाहिर आउन नदिएको आरोप छ । जिबिसले उक्त सूचना लुकाएर यहि श्रावण ३ गते आफनो सूचना पाटिमा टासेको हो । 
 
प्रमुख जिल्ला अधिकारी महादेब पन्थले निकासी करमा एलडिओले भ्रष्टाचार गरेको  भनेर  गत आइतवार दुइवटा उजुरी परेको  बताए । उनले आइतवार जिबिसमा पत्र पठाएर निकासी कर वारेका सबै कागजात र प्रमाण पेश गर्न लिखित पत्र पठाएको र अहिलेसम्म नआएको जानकारी दिए । उनले कागजात आउनासाथ छानविन थालेर कारबाहि सुरु हुने बताए ।
 
प्रजिअले स्थानिय बिकास अधिकारीको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएको पनि बताए । निकासी करमा अनियमितता भएको बिषयमा दलहरुले जिविसमा सर्बदलीय बैठक डाकेका छन् । एलडिओ लालकृष्ण शर्माले निकासी करको टेण्डर प्रकृयामा आर्थिक अनियमिता नभएको दावी गरे ।  बुधबार मुखमा पल्टी बाधेर पूगेका विभिन्न क्षेत्रका व्याक्तिहरुले प्रमुख जिल्ला अधिकारी पन्तलाई ज्ञापन पत्र समेत बुझाएका छन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत