८ करोड ६६ लाखको टोक्रे नहरले ६ सय ५० हेक्टर जमिनमा सिँचाई हुने

675
८ करोड ६६ लाखको टोक्रे नहरले ६ सय ५० हेक्टर जमिनमा सिँचाई हुने

नवलपरासी साउन १५ ।
नवलपरासीको देवचुली नगरपालिकामा निर्माण गरिएको टोक्रे नहरको कार्य ७५ प्रतिसत सम्पन्न भएको छ । नेपाल सरकार अन्तर्गत गैर सरकारी संस्थाको ८ करोड ६६ लाख तथा जनसहभागीतामा जिल्लामा ठूलो लगानीको नहर निर्माण गरिएको हो ।
 
यस नहरबाट देवचुली नगरपालिकाका दक्षिण भेगका रामबास, मुढाबास, तीनघरे, विशालटार मुण्डे, आपटारीका स्थानीयहरुले सिँचाइको सुविधा पाउने छन् । बर्षा याममा उक्त नहरमा अनेकौं समस्या निम्तीने गरेकाले २०७१ सालदेखि पुन उक्त नहरलाई व्यवस्थीत बनाउन थालिएको थियो ।
 
नहर निर्माण सम्पन्न भएपछि यहाँको ६ सय ५० हेक्टर जमिन सिचित हुने निर्माण समितिका अध्यक्ष बालनन्द अर्यालले बताए । ठूलो लगानीको नहर निर्माण भएपछि हिउँदमा पनि सिचाईको सुविधा हुने र कृषि उत्पादन वृद्धि हुने भन्दै स्थानीय हर्षित बनेका छन् । 
 
नहर अन्तरगत देवचुली ६ मा कृषि पाठशाला संचालन गरिएको छ । जसबाट २५ जना महिलाहरु कृषि उत्पादनमा लागेका छन् । नहर नहुँदा यहाँका स्थानीयको खेती योग्य जमिन हिउँदमा बाँझै हुने गरेको थियो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत