कावासोतीमा बुलेट मोटरसाईकल र महेन्दाको स्वरुपम

312
कावासोतीमा बुलेट मोटरसाईकल र महेन्दाको स्वरुपम

 पुजा चापागाई, भदौं ६ 

गैह्रे प्रतिस्ठान प्रालिले सोमबार कावासोतिमा बुलेट मोटरसाइकल र महेन्द्राको स्वरुम संचालनमा ल्याएको छ । विगत लामो समयदेखि कावासोतीमा दाजुभाई हार्डवेयर सञ्चालन गर्दै आएका हेमु पाण्डेले स्वरुम संचालनमा ल्याएका हुन । बलेटको र महेन्द्राको विश्वासलाई समुदाय स्तर सम्म पुर्याउन सक्षम हुने स्वरुमले जनाएको छ । 
 
कार्यक्रमको समुद्घाटन गर्दै नवलपुर उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओम पौडेलले समयको माग अनुसार डिलरको रुपमा पछाडि परेको नवलपुरलाई व्यवसायिक बनाउन सहयोग पुग्ने बताए ।
 
समुद्घाटन समारोहमा नवलपुर अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष लाल प्रसाद बराल, खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष विष्णु भुषाल, राष्ट्रिय सेवा दलका मेजर अमृत श्रेष्ठ, लेकबेसी यातायात व्यवसायि समितिका उपाध्यक्ष लालचन्द्र पौडेल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रेम राज गैह्रेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत