बैंकले बेचेको ४ लाख २६ हजारको सुन नक्कली भएको भन्दै उजुरी

1627
बैंकले बेचेको ४ लाख २६ हजारको सुन नक्कली भएको भन्दै उजुरी

पुजा चापागाई, भदौ १६ । 
राष्ट्रिय वाणिज्य बैंक कावासोती शाखाले नक्कली सुन बेचेको भन्दै प्रहरीमा उजुरी परेको छ । बैंकमा लिलामीमा परेको सुन बिक्रि गर्दा नक्कली रहेको भन्दै ईलाका प्रहरी कार्यालय कावासोतीमा उजुरी परेको हो ।  न्यू होमकला सुन चाँदी पसल कावासोतीका प्रोप्राइटर होममायाँ सुनारले बैंकबाट लिलामि भएको ५ थान सुन खरिद गरेका थिए । ७ तोला ९३ लाल सुन ४ लाख २६ हजारमा  खरिद गरेको होम माया सुनारको भनाई छ । 
 
सुनारले भनिन्, बैंकबाट सुन लगेर पगाल्दा दागि देखिएपछि सूनलाई कसी लाउँदा, तेजाब लगाउँदा पनि सून बाट चाँदी निस्किएको निस्कीएपछि न्यायको खोजीमा लगेका हौं । सुन लगेको आधा घण्टा भित्रै बैङ्कमा जाँदा बैङकका म्यानेजर र क्यासयिरले यस विषयमा आफूहरु जिम्मेबार नभएको बताएको पीडितको गुनासो छ । 
 
बेचेको सुन लिलामी गरेर राखेको भएको बताएपनि यस घटनाबारे शाखा प्रमुख मनोज बिलाश पन्तले कुनै प्रतिक्रिया दिन मानेन् । उनले अनुसन्धानकै क्रममा रहेकाले अहिलेको घट्ना रहेको भन्दै यसबारे कुनै कुरा उल्लेख नगर्ने बताएका छन् । 
 
पीडितले विहिबार निवेदन दर्ता गरेपछि अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय कावासोतिका इन्सपेक्टर शिव शर्मा आचार्यले बताए । उनले  सुनमा सुनजन्य पदार्थ नभई अन्य रसायन मिसिएका सामान बाहिर ल्याउनेलाई ठगिको कारवाही हुने र उक्त सुन राख्ने व्याक्तिबारे समेत खोजी भईरहेको उनले जानकारी दिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत