बीमा गरेर पैसा कमाउँदै दूग्ध सहकारी

यसरी कमाउन सकिन्छ सहकारी मार्फत बीमा कार्यक्रम संचालन गरेर पैसा

540
बीमा गरेर पैसा कमाउँदै दूग्ध सहकारी

अर्जुन सापकोटा, कावासोती भदौं २३ 
बीमा कम्पनीहरुले पशु तथा मानिसहरुको बीमा, तथा अन्य समानहरुको बीमा गरे लाखौँ रुपैयाँ कमाएको त सुन्नु भएको छ । तर पछिल्लो समय दूग्ध सहकारीहरुले समेत पशुहरुको बीमा गर्न थालेका छन् । जिल्ला कृषि विकास बैंकसँगको सहकार्यमा सहकारीहरुले समेत बीमा गरेर पैसा कमाउन थालेका छन् । 
 
गत बर्षबाट आफ्नै सहकारी मार्फत बीमा गर्न शुरु गरेको दलदले दूग्ध विकास सहकारी संस्थाले २ बर्षको अन्तरालमा खर्च कटाएर ६ लाख ९७ हजार रुपैयाँ रकम आम्दानी गरेको छ । गत बर्ष २ सय २५ वटा गाईहरुको बीमा गरेको सहकारीले यस बर्ष २ सय २१ वटा पशुहरुको बीमा गरेको छ । गतबष खर्च कटाएर २ लाख ४६ हजार आम्दानी गरेको सहकारीले यस बर्ष बीमा गरेको पशुहरुको क्षतिपूर्ति तिरेर करिव ७ लाख रुपैयाँ खातामा जम्मा गरेको बिहिबार दलदलेमा आयोजित बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जानकारी गराईएको हो । 
 
सहकारीले १४ वटा पशुहरुको क्षतिबापतको रकम भूक्तानी दिएको छ । बीमा समितिका अध्यक्ष थान प्रसाद पंगेनीका अनुसार बीमा गरेका पशुहरु मध्ये ५ वटा पशुहरुको मृत्यु भएको छ भने ८ पशुहरु अनुत्पादक भएका थिए । कार्यक्रमका प्रमुख अतिथि कृषि विकास बैंक कावासोती शाखा प्रमुख मोहदत्त पौडेलले कृषि विकास बैंक मार्फत बीमा कार्यक्रम संचालन गर्दा पशुहरुको क्षति बापत प्राप्त गर्ने रकम प्राप्त गर्न कुनै कठिनाई नभएको र संस्था मालिक बनाउने अभियानमा रहेको बताए । 
 
उनले भने यो कार्यक्रम निकै प्रभावकारी देख्यौ, यस्तै कार्यक्रम संचालन गर्नेहरुको किसानहरुको पैसा किसानहरु सँग रहन्छ, र किसानहरुले झण्झट समेत व्यर्होनुपर्दैन् । कार्यक्रममा जिल्ला दूग्ध उत्पादक सहकारीका अध्यक्ष गोपाल श्रेष्ठ, पुश सेवा केन्द्र कावासोतीका पशु स्वास्थ्य प्राबिधिक बुद्धि बहादुर देउजा, नवप्रगति घाँस विकास समितिका अध्यक्ष र्सिजना अधिकारी, महाराजा सामुदायिक वनका अध्यक्ष दशरथ भुसाल लगाएतले बोल्दै सस्था आफैंले गरेको बीमाबाट किसानहरु उत्साहि बनेका बताए । 
 
सहभागीहरुले सहकारी आफैले गरेको बीमाबाट पशुहरुको क्षति नभएको अबस्थामा समेत २० प्रतिसत रकम फिर्ता हुने, क्षतिपूर्ति पाउँन समेत कुनै कठिनाई नभएको प्रतिक्रिया दिए । सहकारीले जिल्लामा नमूना बीमा कार्यक्रम संचालन गरेको भन्दै आगामी दिनहरु यस्ता कार्यक्रम अन्य सहकारीले समेत संचालन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रम साहारा पार्टी प्यालेस दलदलेमा आयोजना गरिएको थियो भने कार्यक्रममा सहकारीका स्यर सदस्य तथा पशुहरुको बीमा गराएका किसानहरुको सहभागीता रहेको थियो ।
 
सहकारीले पशुहरुको बीमा गराएर पहिलो बर्ष ६०, प्रतिसत, दोस्रो बर्ष ७० र तेस्रो बर्षमा ८० प्रतिसत क्षतिबापतको रकम दिनेगरेको छ भने अनुपात्पादक गाईहरुको २५ प्रतिसत क्षतिपूर्ति दिने गरेको सहकारीका अध्यक्ष तोयनाथ पौडेलले जानकारी दिनुभयो । यस सहकारीमा १ सय ५६ जना स्यर सदस्यहरु रहेका छन् भने यो जिल्लाको निकै पुरानो दूग्ध सहकारी हो । 

SHARE

COMMENTS

यसमा तपाइको मत