धौवादीको फलामको परिमाण बारे छिट्टै अध्ययन हुन्छ : उद्योग मन्त्री जोशी

1121
धौवादीको फलामको परिमाण बारे छिट्टै अध्ययन हुन्छ : उद्योग मन्त्री जोशी

नवलपरासी, २०७३, असोज ७ ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले नवलपरासी जिल्लाको फलामी खानी सकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । उद्योगसम्बन्धी नयाँ विधेयकबारे छलफल गर्न शुक्रबार सिंहदरबारमा बसेको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा मन्त्री जोशीले नपलपरासीको धौबादीमा रहेको फलाम खानीमा कति फलाम छ भन्ने बारेमा पनि मन्त्रालयले अध्ययन गर्ने बताए । 
 
उनले उद्योग नीति छिटो पारित गर्न सांसदहरुलाई आग्रह गरे । चैत मसान्तसम्म मुस्ताङमा रहेको युरेनियमको परिणाम पत्ता लगाउने र त्यसका लागी एक टोलीले स्थलगत कार्य पनि गरिरहेको जानकारी दिए ।  मन्त्री जोशीले इमाडोल र टेकुमा प्राकृतिक ग्याँस रहे÷नरहेको बारेमा कात्तिक ५ गते परीक्षण गरिने पनि बताए । 

SHARE

COMMENTS

यसमा तपाइको मत