पहिलो पटक नवलपरासीमा “कावासोती मोवाईल मेला”

2050
पहिलो पटक नवलपरासीमा “कावासोती मोवाईल मेला”

अर्जुन सापकोटा, २०७३, असोज ११ । 
नवलपरासीमा कावासोती मोवाईल मेला २०७३ हुने भएको छ । कावासोती मोबाईल एशोसिएसन कावासोतीको आयोजनामा यस क्षेत्रमा रहेका ६ जना मोवाईल पसलका संचालकहरुले चाडपर्वलाई मध्यनजर गर्दै ५ दिने मेलाको आयोजना गर्न लागेका हुन् । 
 
मंगलबार साई पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरि कावासोती बजारीकरणको क्रमले निकै तिव्रता पाएको र ग्राहकहरुको चाहानालाई मध्यनजर गर्दै मेला आयोजना गर्न लागिएको जानकारी गराईएको हो । 
 
मेला आयोजक समितिका संयोजक शिव पोख्रेलले असोज १४ देखि १८ गते सम्म यस क्षेत्रमा रहेका मोवाईलका पारखीहरुको लागि चाडपर्वको अवसरमा बिशेष छुट सहित मेला आयोजना गर्न लागिएको जानकारी दिए। उनले भने, अव राम्रो मोवाईल खोज्दै बाहिरी बजार धाउनुप्रर्दैन कावासोतीमै हामीले ग्राहकले चाहे जस्ता मोवाईल बिक्रिमा राख्र्दै । 
 
कावासोतीमा संचालनमा रहेको शिव मोवाईल, विशाल मोवाईल, थापा घडी रेडियो एण्ड मोवाईल, कावासोती मोवाईल, पेरिसा मोवाईल, न्यू केशव मोवाईल सेन्टरको सहकार्यमा मेला आयोजना गर्न लागिएको हो । 
 
कावासोतीको राष्ट्रिय बाणिज्य बैंक नजिकै आयोजना गर्न लागिएको मेलामा, सामसुङ्ग, जिओनी, लाभा, पानासोनी, लिनोभो कम्पनीको मोवाईलहरुका स्टहरु रहनेछन् । मेलाको ५ हजार मानिसले अबलोकन गर्ने र १ करोडको कारोवार गर्ने लक्ष्य लिईएको छ । मेला अवधिमा मोवाईल खरिदको लागि ५, देखि ८ प्रतिसत सम्म छुटको व्यवस्था गरिएको छ । विशेष बम्पर उपहार समेत राखिएको बताईएको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत