५ दिने “कावासोती मोवाईल मेला शुरु”

1226
५ दिने “कावासोती मोवाईल मेला शुरु”

सरस्वती सुवेदी, २०७३, असोज १४ । 
नवलपरासीमा कावासोती मोवाईल मेला २०७३  शुक्रवारदेखि शुरु भएको छ । कावासोती मोबाईल एशोसिएसन कावासोतीको आयोजनामा शुरु भएको मेला यस क्षेत्रमा रहेका ६ जना मोवाईल पसलका संचालकहरुले चाडपर्वलाई मध्यनजर गर्दै ५ दिने मेलाको आयोजना गरेका हुन ।
 
मेलाको नवलपुरर उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश पौडेलले उद्घाटन गरेका हुन ।  १८ गते सम्म यस क्षेत्रमा रहेका मोवाईलका पारखीहरुको लागि चाडपर्वको अवसरमा बिशेष छुट सहित मेला आयोजना गरीएको मेला आयोजक समितिका संयोजक शिव पोख्रेलले जानकारी दिनु दिनुभयो । 
 
कावासोतीमा संचालनमा रहेको शिव मोवाईल, विशाल मोवाईल, थापा घडी रेडियो एण्ड मोवाईल, कावासोती मोवाईल, पेरिसा मोवाईल, न्यू केशव मोवाईल सेन्टरको सहकार्यमा मेला आयोजना गरीएको हो ।  कावासोतीको राष्ट्रिय बाणिज्य बैंक नजिकै  लागेको मेलामा सामसुङ्ग, जिओनी, लाभा, पानासोनी, लिनोभो कम्पनीको मोवाईलहरुका स्टहरु रहनेछन् । 
 
मेला अवधिमा मोवाईल खरिदको लागि ५, देखि ८ प्रतिसत सम्म छुटको व्यवस्था गरिएको छ । विशेष बम्पर उपहार समेत राखिएको छ । 

SHARE

COMMENTS

(Sep 30 2016 4:14:07:840PM)
सरस्वती सुवेदी, २०७३, असोज १४ । नवलपरासीमा कावासोती मोवाईल मेला २०७३ शुक्रवारदेखि शुरु कावासोतीमा संचालनमा रहेको शिव मोवाईल, विशाल मोवाईल, थापा घडी रेडियो एण्ड मोवाईल, कावासोती मोवाईल, पेरिसा मोवाईल, न्यू केशव मोवाईल सेन्टर ६ जना मोवाईल पसलका संचालक-बधाई दिन चाहन्छु

यसमा तपाइको मत