कालिगण्डकी बचत तथा ऋण सहकारीको ३ करोड २१ लाखको कारोवार

168
कालिगण्डकी बचत तथा ऋण सहकारीको ३ करोड २१ लाखको कारोवार

नवलपरासी, २०७३, असोज १५ 
कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कावासोतीको आठौं साधरणसभा सम्पन्न भएको छ । समाजसेवी चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उत्कृष्ट बचत कर्ता, ऋणकर्ता, उत्कृष्ट शेयर सदस्य, लघुबित्त समूह, जेष्ठ नागरिक, कुशल कर्मचारीहरुलाई सम्मान गरिएको हो । 
 
कावासोतीको खानेपानी सभाहलमा भएको साधारणसभाको अवसरमा विभिन्न क्षेत्रका सरोकारवालाहरुले सहकारीले छोटो समयमा गरेको प्रगतिको प्रसंसा गरेका थिए । 
 
उनीहरुले सहकारी सदस्यहरुको चाहाना अनुसार अगाडी बढ्नुपर्ने धारणा राख्र्दै सहकारी भित्रका बिक्रि हटाउन सके सहकारी आर्थिक सम्बृद्धिको बलियो माध्यम बन्ने विचार व्यक्त गरेका थिए ।
 
सहकारीका अध्यक्ष उदयराज भण्डारीको अध्यक्षता रहेको साधरण सभामा सहकारीले ५ लाख ८७ हजार २ सय २३ रुपैयाँ नाफा गरेको जानकारी गराईएको थियो ।
११ सय ९५ स्यर सदस्य रहेको सहकारीको १ करोड १० लाख स्यर पूँजी रहेको जानकारी गराईएको छ । सहकारीले यस बर्ष ३ करोड २१ लाख रुपैयाँको कारोवार समेत गरेको छ ।  
 

SHARE

COMMENTS

यसमा तपाइको मत