जनचेतना बचत तथा ऋण सहकारी रजहरले गर्यो २० औं साधरणसभा

183
जनचेतना बचत तथा ऋण सहकारी रजहरले गर्यो २० औं साधरणसभा

नवलपरासी, २०७३, असोज १५ ।
जनचेतना बचत तथा ऋण सहकारी संस्था रजहरले शनिवार २० औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेप्सुनका केन्द्रीय सदस्य इन्द्रराज ज्योती पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव गिता धितालले वार्षिक आर्थिक प्रतिवेदन र कोषाध्यक्ष विष्णुचित्त उपाध्यायले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 
सोही अवसरमा सामुदायिक विद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने २ छात्रा र २ छात्र गरी ४ जना लाई नगद १ हजार र दोसल्ला ओढाएर सम्मान गरिएको छ । यस्तै जेष्ठ नागरिक २ जना र बाल बचत गर्ने २ जनालाई समेत सम्मान गरियो ।
 
संस्थाका अध्यक्ष चन्द्र प्रसाद तिवारीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला बचत सहकारी संघका सहसचिव रामप्रसाद काफ्ले, संस्थापक अध्यक्ष भिमलाल पौडेल लगाएत विभिन्न सहकारीका प्रमुख एवं प्रतिनिधि, र सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत