कावासोती मोवाईल मेलामा ५ सय मोवाईल बिक्रि, ६५ लाखको कारोवार

1513
कावासोती मोवाईल मेलामा ५ सय मोवाईल बिक्रि, ६५ लाखको कारोवार

अर्जुन सापकोटा, २०७३ असोज 
नवलपरासी जिल्लामै पहिलो पटक संचालन गरिएको कावासोती मोवाईल मेला २०७३ सकिएको छ । कावासोतीको राष्ट्रिय बाणिज्य बंैक नजिकै रहेको स्थानमा भएको मेला ६ दिनसम्म संचालन भएको थियो । मेला अबधिमा करिव ४० हजार सर्वसाधरणले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।
 
कावासोती मोवाईल एशोसिएसनका अध्यक्ष शिव पोख्रेलका अनुसार मेलामा ५ सय भन्दा बढी मोवाईलहरु बिक्रि भएको र त्यसबाट करीव ६५ लाखको कारोबार भएको जानकारी दिए । उनले भने, कावासोतीमा पहिलो पटक समान्य तयारीमा गरिएको कार्यक्रममा निकै सफलता मिल्यो, ग्राहकहरुको ओहिरो नै लाग्यो, देवचुली न्यूजसँग खुसी व्यक्त गरे । 
 
मेलाको अवसरमा सामासुङ्ग, लाभा, जिओनी, लिनोभो, पानासोनी कम्पनीका मोवाईलहरु विक्रिको लागि राखिएको थियो । मेलामा बम्फर  उपहार सहित बिशेष छुटको व्यवस्था गरिएको थियो । कावासोतीमा रहेका ८ वटा मोवाईल पसलहरुले संयुक्तरुपमा मेलाको आयोजना गरेका छन् । पहिलो र दोस्रो दिन ग्राहकहरुको कमी भएपनि तेस्रो दिनदेखि मेलामा उल्लेख्य मात्रामा सर्वसाधरण सहभागि बनेपछि आयोजकले मेलाको समय १ दिन थप गरेको थियो । १४ गतेदेखि १९ गते सम्म मेला आयोजना गरिएको हो । 

SHARE

COMMENTS

यसमा तपाइको मत