साना किसान कृषि सहकारी अग्यौलीको २० करोड ५६ लाखको कारोबार

272
साना किसान कृषि सहकारी अग्यौलीको २० करोड ५६ लाखको कारोबार

सरस्वती सुवेदी, २०७३, असोज २० ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड अग्यौलीले विहीवार २० आँै वार्षिक साधरणसभा तथा सातौ अधिवेशन सम्पन्न गरेको छ । जिल्ला कृषि सहकारी संघका अध्यक्ष उपेन्द्रमान प्रधानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा साना किसान सहकारी संस्था कुमारवर्तीका प्रवन्धक सितादेवी पाठक, सस्थापक अध्यक्ष गुण केसरी महत्तो, दुर्गादत्त भण्डारी, सितादेवी गौडेल,  लगायत सहकारी सस्थासंग आवद्ध रहेका व्यतिmहरुको सहभागिता थियो । 
 
कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि प्रधानले सहकारी सस्थाले गरेको  कार्यप्रती प्रसंसा गरे । उनले कृषकहरु लाई सहकारी सस्थाले जिवीकोपार्जन गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो । सहकारी सस्थाले आर्थिक वर्ष ७२/७३ मा २० करोड ५६ लाख रुपैयाँको कारोवार गरेको छ । २९ सय ३० जना शेयर सदस्य रहेको सहकारीले ११ सदस्यीय नयाँ नेतृत्व समेत सर्वसम्मत चयन गरेको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत