५२ अर्बको निर्माणाधिन होङ्सी शिवम् सिमेन्ट यस्तो देखियो( तस्बिर सहित)

6175
५२ अर्बको निर्माणाधिन होङ्सी शिवम् सिमेन्ट यस्तो देखियो( तस्बिर सहित)
दिपक पौडेलको फेसबुकबाट

नवलपरासी, २०७३,  कात्तिक ३ । 
चिनियाँ र नेपाली लगानीकर्ताले करिब ५२ अर्ब लगानीमा निर्माण हुँदै गरेको होङ्सी शिवम् सिमेन्टले उद्योग स्थापनाका लागि निर्माणको लागि भौतिक निर्माणको कार्यलाई तिव्रता दिएको छ ।  यो उद्योगमा ३६ अर्ब रुपैयाँ लगानी चीनको होङ्सी सिमेन्ट उद्योगको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको यो उद्योगले वेणीमनीपुरको सर्दीमा निर्माणकार्य सुरु गरेको हो । कारखानामा चीनको होङ्सी र शिवम् सिमेन्टका सञ्चालकको लगानी छ । यसमा चिनियाँ ७० र नेपाली पक्षको ३० प्रतिशत लगानी रहने छ । होङ्सी शिवम् सिमेन्ट कारखानाले दैनिक १२ हजार टन (२ लाख ४० हजार बोरा) सिमेन्ट र क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको छ । 
 
कारखानाका प्रबन्धक शिवरन्त अटलका अनुसार एउटै कारखानाले नेपाली बजारको ३५ प्रतिशत सिमेन्टको माग पूरा गर्ने छ । यहाँ १ सय १५ बिघा जग्गा खरिद गरेर गत वैशाखबाट भौतिक निमार्णको काम थालिएको छ । थप १ सय ५० बिघा जग्गा खरिद प्रक्रिया अघि बढेको उनले बताए । कारखाना निमार्णका लागि चिनियाँ प्राविधिकको टोली खटिएको छ । 
 
कारखानाले ओपीसी (ढलानमा प्रयोग हुने सिमेन्ट) र पीपीसी ( प्लास्टर र गारोमा प्रयोग हुने) सिमेन्ट उत्पादन गर्ने छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा त्यसले वार्षिक १२ अर्ब राजस्व तिर्ने छ । उसले बिजुली खपत गरेबापत १ अर्बभन्दा बढी वार्षिक महसुल बुझाउने कारखानाले जनायो । कारखानास्थल पूर्वपश्चिम राजमार्गको दुम्कीवासबाट १२ किलोमिटर उत्तरमा पर्छ । कारखानाले सर्दीबाट २८ किलोमिटर उत्तर पाल्पामा रहेको चुनढुंगा प्रयोग गर्ने भएको छ । त्यहाँबाट कारखाना स्थलसम्मको करिब १० किलोमिटर टनेलबाट र अन्यत्र सडकबाट कच्चा पदार्थ ल्याउने छ । यहाँ निर्माण हुने टनेल मुलुककै पहिलो र नमुना हुने छ ।
 
प्रत्यक्ष दुई हजार जनाले रोजगारी पाउने छन् । दैनिक २ हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीय खुसी भएका छन् । पाल्पाको ज्यामिरेबाट कच्चा पदार्थ (क्लिंकर) ल्याउने र यहीँ सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा धेरै माग पूरा गर्ने छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत