कावासोती खानेपानीको बार्षिक आम्दानी २८ करोड

287
कावासोती खानेपानीको बार्षिक आम्दानी २८ करोड

नवलपरासी, २०७३ कार्तिक ६
नवलपरासीको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई  उपभोक्ता संस्थाको बार्षिक आम्दानी रु २८ करोड रहेको छ । संस्थाकोे  १६ औं बार्षिक साधारण सभामा यस्तो जानकारी गराईएको हो । आर्थिक बर्ष २०७२र०७३ मा रु २८ करोड पाँच लाख चार हजार आठ सय ७४ आम्दानी गरेको यो संस्थाले  रु १६ करोड एक लाख १५ हजार नौसय ५२ खर्च गरेको र बचत रु १२ करोड ३८ लाख  आठ हजार नौ सय २१ रहेको साधारण सभामा जानकारी गराईएको थियो ।
 
वि।स।२०३८र०३९ मा कावासोतीको राजमार्ग क्षेत्रमा खानेपानीको अभाव भएपछि स्थानीयको पहलमा खानेपानीको योजना सुरु गरिएको थियो  । वि।स। २०५८ सालमा  नेपालका २९ साना शहरी खानेपानी योजना अन्तरगत छनौट भई खानेपानी  आयोजना सुरु गरेको यो संस्थाले  नेपाल सरकारको ५० प्रतिशत , नगर विकास कोषको ३० प्रतिशत र संस्थाको पाँच प्रतिशत  नगद १५ प्रतिशत जनसहभागीमा  रु १० करोड आयोजना सुरु गरेपछि खानेपानीको लागि सहज बनेको हो  ।
 
यो खानेपानी योजना शाना सहरी खानेपानी आयोजना मध्ये नमूना खानेपानी आयोजना  हो । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बिष्णुप्रसाद भुसाल अनुसार  लक्ष्य अनुसार खानेपानीको आपुर्ती कम भएपछि अहिले नयाँ योजनाहरु सुरु गर्न लागिएको छ । यसका लागि संस्थाले सन् २०३० सम्मको योजना बनाएर काम गरिरहेको  अध्यक्ष भुसालले जानकारी दिए ।
 
अहिले  कावासोती नगरपालिकाको २, ३, ५, ६ , ८ र ९ वर्डामा रहेको योजना बिस्तार गरी ७ र १० वर्डामा खानेपानी पुर्याउने लक्ष्य समितिले लिएको  छ । नवलपरासी क्षेत्र नं। २का सांसद जीवन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा, एमालेका कावासोती नगर अध्यक्ष बिष्णु ढुङ्गाना, नेकपा माओवादी केन्द्रका किसान गैरे, नगर विकास  कोषका  समाजशास्त्री सुवास पन्त, खानेपानी डिभिजन कार्यालयका इन्जिनियर प्रदीप रेग्मी,कावासोती नगरपालिका कार्यकारी अधिकृत हरिलाल पुरी लगाएतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सो अवसरमा बोलेका थिए ।   
स्रोत सिटी सन्देस 

SHARE

COMMENTS

यसमा तपाइको मत