धान राम्रो फलेपछि उत्साही बन्र्दै किसान धान सिहार्दै

735
धान राम्रो फलेपछि उत्साही बन्र्दै किसान धान सिहार्दै

धनु भुसाल, २०७३ कार्तिक ७ । 
दशै सकिए संगै किसानहरुले धान काट्न शुरु गरेका छन् । छिटो पाक्ने जातका धान लगाएका किसानहरु अहिले धान काट्न र थन्काउनमा व्यस्त छन । वर्षभरी खाने खेतीनै धान भएको हुँदा तिहार अघिनै काम सक्न किसानहरुलाई चटारो छ ।
 
अहिले समयमा नै धान रोप्न पाएको र मल विउको पनि समस्या नभएको हँुदा धान समयमा नै पाकेको र राम्रै फलेको जिल्ला कृषि विकास कार्यलयको भनाई छ । यता किसानहरुले खेतालाहरुको अभावले गर्दा धान सिहार्न समस्या भएको दुखेसो गरेका छन् । धान पाकेर खुरिदा समेत खेताला भनेको समयमा नपाउने र ठेसर महंगो हुदा धान भित्राउन निकै गाह्रो भएको किसानहरुको भनाई छ । 
 
नवलपरासी क्षेत्रमा अधिकांस स्थानमा लगाईएको धान पाकी सकेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । गत वर्षहरुमा असिना पानिले पाकेको धान झारेपछि अहिले केहि मौसम सफा भएकाले अलि काँचौ भएपनि धान भित्राउने तयारीमा किसानहरु जुटेका छन् । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत