साढे ११ लाखमा नयाँ बेलहानीमा भेडा बाख्रा संकलन केन्द्र खोलिदै

यस गाबिसमा १२ हजार बाख्रा रहेकोमा करिब ८ हजार भूपू सैनिक बस्तीमा मात्र रहेका छन् ।

साढे ११ लाखमा नयाँ बेलहानीमा भेडा बाख्रा संकलन केन्द्र खोलिदै

नवलपरासी जेठ ७ 
नवलपरासी जिल्लाको नयाँ बेलहानी गाबिसमा भेडा बाख्रा पालन गर्ने किसानहरुको संख्या बृद्धि भएपछि बिक्रि केन्द्र संचालन गरिने भएको छ । केन्द्रिय भेडा बाख्रा प्रर्वद्धन केन्द्रको ९ लाख ५० हजार र गाउँ विकास समितिको २ लाख गरि साढे ११ लाखको लागतमा भेडा बाख्रा बिक्रि केन्द्र निर्माण गर्न लागिएको हो । केन्द्र निर्माण हेफर ईन्टरनेश्नल र पशु सेवा कार्यालयको सहयोग रहेको छ । 
संकलन केन्द्रको जिल्ला पशु सेवा कार्यालय नवलपरासीका बरिष्ठ पशु बिकास अधिकृत शंकर शाह र डिभिजन सहकारी कार्यालयका प्रमुख बासुदेब भट्राईले संयुक्त रुपमा  सिल्यान्यास गरेका हुन । अरुणज्योति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले नयाँ बेलहानीको भूपू सैनिक बस्तीमा बिक्रि केन्द्र निर्माण गर्न लागेको हो । यस गाबिसमा १२ हजार बाख्रा रहेकोमा करिब ८ हजार भूपू सैनिक बस्तीमा मात्र रहेका छन् ।
सिल्यान्यास कार्यक्रममा बरिष्ठ पशु बिकास अधिकृत शाहले श्रोत केन्द्र स्थापनाले किसानहरुले उत्पादन गरेको पशुहरुको उचित मुल्य पाउन सहयोग पुग्ने बताए । शाहले भने “सहकारी गठन भएको ३ बर्षको अन्तरालमा गरिएको यो कार्यले पशुपालनमा बृद्धि भई खसी बोका कै लागि ठूलो रकम बाहिर जानबाट रोकिन सक्छ ।”  
डिभिजन सहकारी कार्यालयका प्रमुख भट्राईले सहकारी महत्व बुझेर सदस्यहरुको चाहाना अनुसार अगाडी बढ्न सके सहकारी मार्फत जिवनस्तर माथि उठ्ने सक्ने बिश्वास ब्यक्त गरे ।  भट्राईले नयाँ बेलहानीलाई यस जिल्ला कै भेडाबाख्रा उत्पादन र बिक्रीमा नमुना बनाउन समेत आग्रह गरे ।
 
 
जेठ भित्र संकलन केन्द्र संचालन गर्ने गरि काम अगाडी बढाईएको संस्थाका अध्यक्ष धनमाया लामाले जानकारी दिईन । उनका अनुसार पशुपालनमा बृद्धि भएपनि बिक्रि केन्द्र नहुंदा किसानहरुले अनेकै समस्या झेल्नु परेको थियो । गाउँ मै बिक्री केन्द्र संचालनमा आउन लागेपछि स्थानिय समेत हर्षित बनेका छन् । 
स्थानिय राम बहादुर रानाले भने “पहिले पहिले त घरमै ब्यापारीहरु आउथे मुल्य कति हो कसरी बेच्ने भन्ने समेत अलमल हुन्थ्यो संकलन केन्द्र निर्माण हुने भएपछि केन्द्रमा ल्याएर बिक्रि गर्न पाईन्छ” उनले  खुसी ब्यक्त गरे । ११ सय स्यर सदस्य रहेको छन् अझै १ हजार सदस्य सहकारीमा आबद्ध हुन बाँकी रहेको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत