रुपन्देही बन्दले जुकेपानीका तरकारी किसान प्रभावित

985
रुपन्देही बन्दले जुकेपानीका तरकारी किसान प्रभावित

अर्जुन सापकोटा, २०७३ मंसिर २०
रुपन्देही बन्दको कारण नवलपरासी धौवादी जुकेपानीका किसानहरु प्रभावित बनेका छन् । दैनिक रुपमा ठूलो मात्रामा बुटवलमा तरकारी पठाउँदै आएका यहाँ किसानहरुले केहि दिनदेखिको बन्दले तरबारी बजार सम्म पु¥याउन समस्या भएको गुनासो गरेका छन् । 
 
दैनिक रुपमा यहाँबाट ३ देखि ४ बलेरो गाडीमा तरकारी बुटवल पठाउदै आईएको थियो । बुटवलमा तरकारीको मूल्य समेत राम्रो पाउने भएकाले पनि तरकारी बुटवल पठाउने गरेका हुन् ।
 
स्थानीय किसान राम बहादुर मगरले भने,‘हाम्रो तरकारीको बजार भनेको मुख्य रुपमा बुटवलनै हो, त्यहाँ राम्रो मूल्य पाउने भएकाले हामीले तरकारी बेच्दै आएका छौं केहि दिनदेखि एक गाडी मात्र बुटवल पठाएका छौं ।’ अहिले तरकारीको कम मूल्य भएपछि चितवन पठाउन बाध्य भएका छौं उनले भने । 
 
बुटवल बन्द भएपछि अहिले यहाँका किसानहरुले उत्पादन गरेको तरकारी नारायणगढमा बिक्री गर्न थालेका छन् । जुकेपानीमा पछिल्लो बर्षहरुमा सयौँ किसानहरु व्यवसायीक तरकारी खेतीमा आबद्ध हुँदै आएका छन् । यहाँ भक्तपुरे काक्रो, टमाटर, आलु, लौका लगायतका अन्य विभिन्न जातको तरकारी खेती सयौँ बिगाह जमिनमा हुँदै आएको छ ।  
 
 

SHARE

COMMENTS

यसमा तपाइको मत