सुनवलको औद्योगिक व्यापार मेलाको तयारी पूरा : उपराष्ट्रपतिले उद्घाटन गर्ने

581
सुनवलको औद्योगिक व्यापार मेलाको तयारी पूरा : उपराष्ट्रपतिले उद्घाटन गर्ने

नवलपरासी, २०७३ मंसिर २२ । 
‘शान्ति, समृद्ध उद्योग र व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ भन्ने मूल नारा सहित उधोग बाणिज्य संघ नवलपरासीले आयोजना गरेको तेस्रो पश्चिमाञ्चल स्तरीय औधोगिक व्यापार मेलाको तयारी पूरा भएको छ । बिहीवार उधोग वाणिज्य संघले सुनवलमा गरेको पत्रकार सम्मेलनमा मेलाको लागि आवश्यक सबै तयारी सकिएको जानकारी गराएको हो । 
 
। राष्ट्रिय स्तरका उत्पादनहरुको बजार प्रवद्र्धन गर्ने मुख्य उद्धेश्यका साथ मंसिर २३ गते देखी पौष ३ गतेसम्म सुनवलमा मेला सञ्चालन हुँदैछ । मेलाको समुद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले जानकारी दिए । 
 
थापाले मेलामा आउने दर्शकका लागी प्रमुख आकर्षकको रुपमा मायादेवी मन्दिरको आकृतीको प्रवेशद्वार, जिल्लामा रहेका प्रर्यटकीय स्थालको अवलोकन, उँट, डुङ्गा सफारी, लोपोन्मुख राउटे जातीहरुको सहभागीता, पर्यटकिय तथा धार्मिक क्षेत्रको डकुमेट्री समेत प्रर्दशन गरिने जानकारी दिए । २ सय स्टल रहने मेलामा ७ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिएको र ३ लाख दर्शकले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत