कालिका माविको धान्याञ्चलबाट १ करोड ५० लाख संकलन

2133
कालिका माविको धान्याञ्चलबाट १ करोड ५० लाख संकलन

 नवलपरासी, २०७३ मंसिर २८ । 

देवचुलि नगरपालीका ९ विशालटारमा रहेको कालिका माध्यमिक विधालयमा सञ्चालन भईरहेको धन धान्याञ्चल सम्पन्न भएको छ । मंसिर २० गते देखि सञ्चालन भएको धन्याञ्चल २८ गते विषेश कार्यक्रम गरि सम्पन्न गरिएको हो । धन्याञ्चलबाट २ करोड प्राप्त गर्ने लक्ष्य लिएता पनी आर्थिक रुपमा सन्तोष जनक उपलब्धि प्राप्त भएको बताईएको छ । 
 
यज्ञ अबधिमा १ करोड ३० लाख नगद र धान, चामल, कलश गर्दा १ करोड ५० लाख पुग्ने बताईएको छ । चन्दादाता ओमराज अधिकारिले अधिकतम अक्षयकोष स्वरुप ११ लाख १७ हजार १ सय ११ रुपैया प्रदान प्रदान गरेको धान्याञ्चल मुल समारोह समितिका कोषाध्यक्ष कृष्ण बहादुर आलेले जानकारी दिए । 
 
धन्याञ्चलमा जम्मा ७५ जनाको तुलादान गरे भने करिव ३ सय क्विन्टल धान संकलन भएको बताईएको छ । विद्यालयको कक्षा स्तर उन्नति, प्राविधिक कक्षा सञ्चालन, एवं सर्वाङगिण विकासका लागी धान्याञ्चलको आयोजना गरिएको हो । प्रमुख वाचकको रुपमा आर्चाय पण्डित बुद्धिसागर भण्डारि मृदुलले कथा प्रवचन गरेका थिए । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत