ईजरायलपुगेपछि नेपालमै सम्भावना देखे

त्यहाँ ब्यवसायी कृषि छ यहां निर्वाहमुखी मात्र अनि कसरी प्रगति हुन्छ ? उनले प्रश्न गरे ।

1510
ईजरायलपुगेपछि नेपालमै सम्भावना देखे

नवलपरासी मध्यबिन्दु नगरपालिका गोछडाका दामोदर लामिछाने काम छोज्दै कहाँ कहाँ भौतारिएनन् । ३१ बर्षिय उनी केहि बर्ष झापामा होटल ब्यवसायमा आबद्ध बने । त्यसले पनि सोचे अनुसार प्रगति हुन नसके पछि केहि समय अलमलमै दैनिकी बिताए ।  त्यसपछि साना किसान सहकारी संस्था मार्फत ११ महिना ईजरायलमा कृषि तालिम लिन जाने मौका पाए । अनि बिदेश जाने सोच बनाएका उनले त्यहांको आधुनिक कृषि देखेर देशमै सम्भावनाकोे सपना संगाल्र्दै यही पसिना बगाउन थाले । 
 
११ महिनाको तालिमपछि आज भोलि तरकारी खेती शुरु गरेका छन् । लामिछाने भन्छन् “काम गर्ने हो भने नसकिने केहि रहेनछ मात्रै मेहनतको खाँचो छ इजरायलमा सिकेको सिपलाई प्रयोग गर्दै अगाडि बढ्ने सोचमा छु।”
 
उनले तरकारी खेती शुरु गरेको पनि ५ महिना बितेको छ । १५ कठ्ठा जग्गा भाडामा लिएर करिव १ लाख ५० हजारको लगानिमा व्यवसाय संचालन गरेका छन् । छोटो सयमै उनले राम्रो आम्दानी गरेको हामीलाई बताए । अहिले बोडि, करेला, भेन्डी, घिरउला उनको खेतमा साचै मनमहोक देखिन्छ । उनको कामलाई परिवारका अन्य सदस्यले समेत साथ दिएका छन् । इजरायलमा गरिएको आधुनिक कृषि प्रणालीलाई बुझेर त्यहाँ सिकेको सिपलाई प्रयोग गर्न उनि तल्लीन छन् ।
 
उनले भने “खेती गर्नको लागि सिचाईको कुनै समस्या छैन, तर आवश्यक समयमा कामदार, बजारको  समस्या छ ।” उनले थपे इजरायलको ११ महिने तालिमले आधुनिक कृषि प्रबिधिले देश सम्बृद्ध भएको पाए । त्यहां हरेक कार्य आधुनिक कृषि सामग्री र नयाँ तवरबाट गरिने रहेछ । त्यहाँ ब्यवसायी कृषि छ यहां निर्वाहमुखी मात्र अनि कसरी प्रगति हुन्छ ? उनले प्रश्न गरे ।

SHARE

COMMENTS

यसमा तपाइको मत