विदेशी भूमिबाट नेपाल चिनाएकी “ईन्दु”

2541
विदेशी भूमिबाट नेपाल चिनाएकी “ईन्दु”

 अर्जुन सापकोटा, २०७३, असोज ७ 

नवलपरासी गैडाकोटकी अल्टा खेलाडी ईन्दु घिमिरे विगत ९ बर्षदेखि विश्वका विभिन्न देशहरुमा आफ्नो कला कौशल प्रस्तुत गर्दै आएकी छन् । ३९ बर्षीय घिमिरे ११ बर्षे ईजरायलको बसाईपछि नेपाल फर्किएकी छन् । उनले सबैको साथ र सहयोग पाएमा खेल क्षेत्रको विकासमा लाग्ने र अल्टा खेलको नेपालमा निकै सम्भावना रहेको बताईन् । उनी राष्ट्रिय खेलाडी समेत हुन । अल्ट्रा म्याराथन धाविकाको परिचय बनाएकी उनले ४० वटा भन्दा बढी अन्तराष्ट्रिय खेलहरुमा सहभागी बनेकी घिमिरेसँग देवचुली न्यूज टिमले कुराकानी गरेका छौं । प्रस्तुत छ केही कुराकानीका संम्पादीत अंसहरु।
 
अल्टा खेल कस्तो खेल हो ? 
अल्टा एउटा दौड हो, यो सिधा बाटोमा नभई, उकालो ओरालो र जिकज्याक बाटोहरुमा खेल्ने गरिन्छ । ५ बर्ष पहिले त यो खेलको नाम समेत सुन्न मुस्किल थियो, अहिले भने विस्तारै यो खेलले उचाई लिर्दै गएको जस्तो मलाई लागेको छ । म ५० किलो मिटर भन्दा लामो दूरीमा मात्र खेल्ने गरेकी छु । 
यो खेलको नेपालमा सम्भावना कस्तो देख्नुहुन्छ ?
मलाई लाग्छ, यो खेलको समुचित विकास हुन सक्यो भने, अल्टाबाट नेपालले विश्वलाई चिनाउन सक्छ । किन कि नेपालीहरु उकालो ओरालो र जिकज्याक बाटोसँग परिचित छन् । अहिले खेल खेल्ने करिव ४, ५ जना खेलाडीहरु छन् । तर यस खेलको लागि राष्ट्रिय खेलकुद परिषद्ले विशेष ध्यान केन्द्रीत गर्नुपर्ने आवश्यकता छ । अहिले सम्मको प्रयासले त यसको विकास हुन सक्र्दैन । नेपालमै खेलकुद प्रतियोगिताहरु संचालन गरेर विदेशी खेलाडीहरुलाई समेत भित्राउन सक्छौं ।

 
अहिले सम्म तपाई कति खेल खेल्नुभयो अनि, कसरी व्यवस्थापन गर्नुभएको छ ?
म ५० किलो मिटर भन्दा माथिको रेसहरु खेल्ने गरेकी छु । विदेशमा करिव ४० वटा खेलहरुमा सहभागिता जनाए । नेपालमा सेम्टेम्बर २४ तारिक गोदाबारीमा खेल खेल्र्दैछु । अहिले म त्यसैको तयारीमा लागेकी छु । अधिकांस खेलहरु म ईजरायलमा खेले । 
 
नेपालका अल्टा खेलाडीलाई विश्वले कसरी हेर्ने गरेको छ ? 
नेपालसँग विश्व अन्य देशका अल्टा खेलाडीहरु एक पटक झस्किन्छ, हामी जहाँ नेपाली झण्डा लिएर खेल्न जान्छौं त्यहाँ उनीहरुले भन्छन् की ओ, नेपाली पनि, स्टोङ्ग छन् उनीहरुको मानसिक्तानै यस्तो बनेको छ । किनकि नेपालमा ठूला ठूला हिमालहरु छन् । पहाड छ उनीहरु उकालो ओरालोसँग निकै परिचत छन् भनेर विदेशीहरुले राम्रो सँग बुझेका छन् । नेपालमा विश्वकै ठूलो माउण्टएभरेष्ट छ, अनि अलि अग्लो स्थानमा नेपाल रहेकाले पनि उनीहरु नेपाली खेलाडीहरुलाई बलियो ठान्ने गरेका छन् । 
 
 
तपाईको अहिले सम्मको रेकर्ड चाहि कति हो नि ? 
मैले ईजरायल, ईटाली, प्रोचुगलमा लगाएतका देशमा खेल खेलेका छु । युरोपमा भएको खेलमा विश्वका ८० देश मध्ये म उत्कृष्ठ ६ मा परेकी थिए । ईजरायलमा भएको प्रतियोगितामा १ सय  किलो मिटरको दूरी १२ घण्टा ३१ मिनेटमा पूरा गरी दोस्रो बनेकी थिए । अब नेपालपछि छिटै पोर्चुगलमा हुने प्रतियोगितामा भाग लिर्दैछु । नेपालको यस खेलमा राम्रो सम्भावना पनि छ, म सहभागि बनेका खेलहरु मध्ये २४ वटा विभिन्न उपाधिहरु हासिल गरेकी गरे । 
 
तपाई यहाँ सम्म पुग्नुमा तपाई कस्को ठूलो सहयोग देख्नुहुन्छ ?
अहिले सम्म म आफ्नै मेहनतले नै अगाडी बढ्दैछु । खेल खेल्न जादा लाग्ने खर्च अहिले सम्म म आफैले व्यवस्थान गरिरहेकी छु । सरकारी क्षेत्रबाट कुनै सहयोग भएको छैन् । म त आफ्नै व्यवस्थापनमा खेल खेल्दैछु, तर धेरै खेलाडीहरु आर्थिक अभावकै कारण खेल खेल्नबाट बञ्चित भएका छन् । प्रतिभा छ, तर प्रोत्साहन छैन् । 
 
अल्टा खेलको विकासको लागि के गर्नुपर्ला ? 
दौडीने पनि खेल हुन्छ र भनेर भन्थे केहि बर्षपहिले सम्म त अहिले नाम समेत सुन्न थालिएको छ । नेपालमा अल्टा खेल खेलाउने निकै धेरै स्थानहरु छन् त्यसको सदुपयोग गर्नुपर्छ । राष्ट्रिय खेलकुद परिषद्ले यसको विकासको लागि ध्यान केन्द्रीत गर्नुपर्छ । प्रतिभा र खेलप्रति लगाव भएकाहरुलाई साथ दिन सरकार हिच्किचाउनुहुर्दैन ।
 
ईन्दु जी तपाईको भावी योजना चाहि के छ ?
करिव १२ बर्षको बिदेश बसाईपछि नेपला फर्किएकी छु । विदेशमा रहदा समेत नेपाल र नेपालीको सिर उचो बनाउन खेल खेल्ने गरेकी थिए । अब करिव ५, ७ वटा खेल खेल्छु अनि खेल खेल्न छाड्नु । मैले खेल खेल्न छाडेपनि खेलको विकासको लागि केहि गर्ने निकै धोको छ । ठूलो उदेश्य लिएर विदेशबाट फर्किएकी छु । म अल्टा खेलको विकास र नयाँ खेलाडीहरुलाई पोत्साहन भर्ने कार्यमा लाग्नेछु । खेल र खेलाडीलाई सम्मान गरिदिएपनि हामी जस्ता खेलाडीहरु खुसी हर्षित हुन्छौं।
 
 

SHARE

COMMENTS

यसमा तपाइको मत