बाम गठबन्धन मतदातालाइ झुक्याउने खेल : नेता कंडेल

235
बाम गठबन्धन मतदातालाइ झुक्याउने खेल : नेता कंडेल

आसन्न चुनाव नजीकीदै गर्दा विभिन्न पार्टिले आ–आफ्ना पार्टिका  चुनाव लक्षित कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । नवलपरासी सुस्ता पश्चिम प्रतिनिधि सभा २ का उम्मेद्वार एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेलसंग आसन्न निर्वाचनसंग रहेर गरीएको कुराकानी  ।

अहीलेको बाम गठबन्धनसंग चुनावी मैदानमा आउदा नेपाली कांग्रेसलाई कस्ता चुनौतिहरु देख्नु भएको छ ?


मेरो विचारमा एमाले र माओवादी केन्द्रले गरेको यो चुनाव केन्द्रित गठबन्धन जसलाई बाम गठबन्धन भनिएको छ । यो केवल मतदातालाइ झुक्याउने खेल मात्र हो, चुनाब पछि यी दुई पार्टि एकिकरणको कुनै सम्भावना छैन् ।


अहिले एमाले र माओवादी केन्द्र पार्टि एकताको निकै चर्चामा रहेको बेला तपाईले यी दुई पार्टि एकिकरण कुनै सम्भव छैन भन्नु भयो किननी ?


राजनिति सिद्धान्तमा आधारीत रहेर गरीन्छ । यी दुई पार्टि विच पार्टिगत रुपले हेर्दा कुनै पनि सिद्धान्तहरु मिल्दैनन् । जवकी सिद्धान्त नै मिल्दैन भने कसरी पार्टि एकिकरण हुन सक्छ । अहीले आएर  माओवादी केन्द्र पार्टि एमालेमा नै विलय हुनु थियो भने यो पार्टिले आफ्ना कार्यकर्ता र आफ््नो सिद्धान्त नै छाड्नु पर्दछ त्यसैले मलाई लाग्छ की माओवादि केन्द्रले आफ्नो सिद्धान्त नै छाडेर एमालेमा विलय हुदैन । 
अहीले चुनावि मैदानमा बाम गठबन्धनसंग हुमीदा चुनाव जित्न तपाईलाई निकै चुनौति छ भन्छन नि ?
तपाईले भनेको कुरा बाहीरी विश्लेषणको आधारमा निकै सही हो तर चुनावमा आन्तरीक विश्लेषण गर्न जरुरी छ । हामी आन्तरीक र बाह्य विश्लेषण गरेर हेर्दा मैले त मेरो क्षेत्रमा म संग चुनावी प्रतिस्पर्धा हुने अवस्था नै देखेको छैन ।

तपाईले त अचम्मको कुरा पो गर्नु भयो त, तपाई संग अहीले चुनावि मैदानमा बाम गठबन्धनबाट माओवादी केन्द्रका पोलिटव्यारो सदस्य घनश्याम यादव हुनुहुन्छ । उहांसंग तपाइैको चुनावी प्रतिस्पर्धा हुदैनन ?


हो तपाईले भनेको कुरा एकदमै सही छ म संग चुनावी मैदानमा अहीले बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता घनश्याम यादव हुनुहुन्छ । र यहांसंग मेरो चुनावी प्रतिस्पर्धा नै हुदैन किनकी उहां नवलपरासी जिल्ला निवासीनै होइन र नवलपरासी जिल्लामा पनि एमाले र माओवादी केन्द्रका धेरै साथिहरु हुदाहुदै रुपन्देहीबाट आएर नवलपरासीमा चुनावी मैदानमा हुमीनु भएको छ । उहा त  हाम्रो जील्लाको अतिथि हो, र अतिथिसंग मेरो प्रतिस्पर्धा हुदैन र छैन पनि ।


तपाईले आफ्नो प्रतिस्पर्धा हुदैन भन्नु भएको छ । मतदातासमक्ष पुग्दा कस्तो अनुभुति पाउनु भएको छ त ?


तपाईले एकदमै राम्रो प्रश्न जोड्नु भयो । म अहीले सुनवल, परासी, सरावल, पाल्हीनन्दन लगायतका ठांउहरुमा दैनिकी घर दैलौमा हिडिरहेको छु । म प्रति जनताको ठुलो आशा र अभिलाशा रहेको छ र म जनताका ति आशा र अभिलाषा परीपुर्तिका विगत देखी हालसम्म पनि निकै तल्लीन हुन्छु । त्यसैले चुनावी परीणम पछि जनताका आशा र अभिलाषाहरु परीपुर्तिका लागी  काम गर्छु ।

SHARE

COMMENTS

यसमा तपाइको मत