दुई दशकपछि उत्तर कोरियाका उच्च अधिकारी चिनमा

119
दुई दशकपछि उत्तर कोरियाका उच्च अधिकारी चिनमा

जेठ, १७, एजेन्सी–
अमेरिका र उत्तर कोरियाबीचको वार्ता तयारीका लागि उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् । उत्तर कोरियाली नेता किम जोङ–उनका दायाँ हात मानिएका उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् ।

उत्तर कोरियाका उच्च अधिकारी जेन किम योङ–चोल चीनको बेइजिङ्ग हुँदै बुधबार अमेरिका पुगेका हुन् । उनी एयर चाइनाको विमानबाट अमेरिका पुगेका हुन् । उनी झण्डै २० वर्षमा अमेरिकाको भ्रमण गर्ने पहिलो उच्च अधिकारी बनेका छन् ।

अमेरिका पुगेका जेन किम योङ–चोलले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच आउँदो जुन १२ मा हुने भनिएको वार्ताको तयारीका लागि किम प्रशासनका उच्च अधिकारी अमेरिका पुगेका हुन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत