गुलाम अलिले भारतमा कहिल्यै नगाउने

भन्छन्- भारतमा माहाेल ठीक छैन

430
गुलाम अलिले भारतमा कहिल्यै नगाउने

कार्तिक १९, २०७२- प्रख्यात गजल गायक गुलाम अलिले अबदेखि भारतमा कहिल्यै गीत नगाउने बताएका छन् । अलिलाई पाकिस्तानी भएको भन्दै हिन्दुवादी पार्टी शिव सेनाले कन्सर्ट गर्न नदिने बताएपछि उनको मुम्बईमा तोकिएको कार्यक्रम हालै रद्द गरिएको थियो ।

मुम्बईको कन्सर्ट रद्द भएकोमा दुखी भएका अलिले दिल्ली र अन्य स्थानमा तोकिएको कार्यक्रम पनि रद्द गरेका छन् । उनले भारतमा माहौल ठीक नभएको बताउँदै स्थिति नसुध्रिएसम्म भारतमा कहिल्यै नआउने र कार्यक्रम नगर्ने बताएका हुन् । उनलाई दिल्ली सरकारले कार्यक्रमका लागि निम्ता गरेको थियो, जसलाई अलिले अस्विकार गरेका हुन् ।

दुई दिनअघि बलिउड सुपरस्टार शाहरुख खानले भारतमा धार्मिक असहिष्णुता बढेको भनी बोलेका थिए । शाहरुखको यो भनाईलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीका नेताहरुले उनलाई पाकिस्तानी एजेन्ट भन्दै उनलाई पाकिस्तान नै जान सुझाव दिएका थिए । भारतका थुप्रै कवि कलाकारहरुले अभिव्यक्ति स्वतन्त्रता हनन गरिएको भन्दै सरकारको विरोध गरिरहेका छन् भने केहीले आफ्ना अवार्ड र पुरस्कार सरकारलाई फिर्ता गरेका छन् ।


SHARE

COMMENTS

यसमा तपाइको मत