राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा बुद्ध युथ क्लब लम्जुङ बिजयी

386
राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा बुद्ध युथ क्लब लम्जुङ बिजयी
गोल्डकप फुटवल प्रतियोगिता

गैडा संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ नन्दभाउजु मधयवर्ती उपभोक्ता समितीको आयोजनामा नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा जारी राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा बुद्ध युथ क्लव लम्जुङ विजयी भएको छ ।

आयोजक टिम सुर्योदय युथ एकेडेमी बिच भएको खेलमा बुद्ध युथ क्लव लम्जुङ १ - ० गोल अन्तरले बिजयी भएको हो । खेलको ५ औ मिनेटमा बुद्ध युथ क्लव लम्जुङका लागि मनोज घलेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलमा त्यस पछि कुनै पनि टिमबाट थप गोल हुन नसके पछि लम्जुङ १ - ० गोल अन्तरले बिजयी भएको हो । भोलिको खेल विरगन्ज युथ यकेडेमि र ईन्देणि एकीकृत पोखरा बिच दिनको ३ बजे हुदैछ ।
 

SHARE

COMMENTS

(Nov 5 2015 5:36:12:350PM)
congrtz.

यसमा तपाइको मत