कावासोतीका पाँच कराते खेलाडीको भारतमा उत्कृष्ट प्रर्दशन

390
कावासोतीका पाँच कराते खेलाडीको भारतमा उत्कृष्ट प्रर्दशन

रमेश बस्ताकोटी– नवलपुरको कावासोतीका पाच कराते खेलाडीले भारतमा उत्कृष्ट प्रर्दशन गरेका छन् । उनिहरुले ३ स्वर्ण र २ रजत पदक जितेका हुन् । यहि पौंष ७ , ८ र ९ गते भारतको कलकत्तामा  सम्पन्न भएको ईण्डो नेपाल कराते च्याम्पिियनसिपमा कावासोतीका खेलाडीहरुले सबैंलाई आश्चर्य तुल्याउदैं पदक जितेका थिए । उनिहरुको प्रर्दशन उतकृष्ट र हेर्न लायक भएको कराते प्रशिक्षक गुन्जबहादुर राईले बताउनुभयो ।

प्रतियोगितामा ४५ केजी तौंल समुह तर्फ राम बहादुर बार्हघरे , ६५ केजी तौ।ल समुह तर्फ गोपिराम स्यागंतान र ५० केजी तौंल समुह तर्फ सुजता राईले प्रथम स्थान हासिल गर्दे स्वर्ण पदक जितेका हुन् । यसैं गरि ६० केजी तौंल समुह तर्फ रमेश सिंजाली र ५० केजी तौ।ल समुह तर्फ झलकुमारी महतोले द्धितिय स्थान हासिल गर्दे रजत पदक जितेका हुन् । नवलपुर कयुसिन कराते केन्द्रबाट प्रशिक्षण लिएका उनिहरु सबैंले भारतिय खेलाडीहरुलाई हराएका थिए । प्रतियोगितामा भारत , भुटान , सिक्किम , बंगलादेश लगायतका देशबाट प्रतियोगिहरु सहभागी थिए ।

कलकत्तामा कावासोतीका खेलाडीहरुले गरेका उतकृष्ट प्रदृशनले जिल्लाको मात्र नभई समग्र देशको शिर ठाडो बनाएको कराते प्रशिक्षक गुन्जबहादुर राईले बताउनुभयो । उहाले अबसर पाए नवलपुरका कराते खेलाडीहरुले पनि राष्टीय तथा अन्तराष्टीय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने बताउनुभयो । राईले खेलाडीहरुलाई हौंसला प्रशदान गर्न सम्बन्धित निकायहरुलाई निति र कार्यक्रमनैं बनाएर अगाडी बढ्न आग्रह गर्नुभयो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत