अन्डर १९ क्रिकेट प्रतियोगिताको उपाधि कावासोती योङ्ग क्रिकेट क्लबलाई

अन्डर १९ क्रिकेट प्रतियोगिताको उपाधि कावासोती योङ्ग क्रिकेट क्लबलाई

कावासोती योङ्ग क्रिकेट क्लबले आयोजना गरेको प्रथम अन्डर १९ क्रिकेट प्रतियोगिताको उपाधि आयोजक समूह (ए) ले हात पारेको छ । टस जितेर पहिले फिल्डीङ्ग रोजेको आयोजकले सुनगाभा क्रिकेट क्लब गैडाकोटलाई ७ विकेटले पराजित गदै उपाधि जितेको हो । 
 
पहिले व्याटिङ्ग गरेको सुनगाभाले २० ओभरमा सबै विकेट गुमाउदै १ सय २८ रनको लक्ष्य पेश गरेको थियो । जवाफि व्याटिङ्गमा उत्रिएको कावासोतीले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेटाएको हो ।  बिहिबार कावासोतीको टूर्बोग खेल मैदानमा भएको फाईनल खेलमा अनिष जिसी म्यान अफ दि म्याच, र मनिष काफ्ले म्यान अफ् दि सिरिज घोषित भए । बिजेता आयोजकले ५ हजार पुरस्कार पायो भने उपबिजेता सुनगाभाले ३ हजारमा चित्त बुझायो ।
 
प्रतियोतिामा आयोजक (बि) तृतिय बन्दै २ हजार प्राप्त गरेको छ । जेष्ठ १५ गते देखि सञ्चालन भएको प्रतियोगितामा नवलपरासी र चितवनका गरि १४ वटा समूहको सहभागिता रहेको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत