अभिषेक चर्चले चितवन बसन्तपुरलाई हरायो

545
अभिषेक चर्चले चितवन बसन्तपुरलाई हरायो

अर्जुन सापकोटा, नवलपरासी बैशाख २९,  
राष्ट्रिय सिजी कप फुटबल प्रतियोगीता अन्तरगत बुधबार भएको खेलामा अभिषेक चर्च रजहर बिजयी बनेको छ । निर्धारित समय भित्र दुबै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल ट्राईबेक्ररमा धकेलिएको थियो । टाईबे्रकरमा अभिषेक चर्च रजहरले चितवनलाई ४/५ गोल अन्तरले पराजित गरेको हो ।
 
सुंनटाडी युबा क्लब दुम्कीबासले सिसि सिमेन्ट पछाडीको खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा चिनवन नवलपरासी र रुपन्देहीका १६ वटा समूह सहभागि बनेका छन् । बिहिबार कावासोतीको योगस्टार युवा क्लब र बाढीपीडित बर्दघाटबीच प्रतिप्रर्धा हुने छ । जेष्ठ ९ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेताले ५१ हजार प्रदान गरिने छ ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत